ब्यट्री सट हुदा ट्रकमा आगलागी

Posted on: 15 Dec, 2018

माधव बेल्वासे | मङ्सिर २९, कपिलवस्तु | कपिलवस्तुको चन्द्रौटामा एक ट्रकमा आगलागी भएको छ । डडेल्धुराबाट काठमाडौं जाँदै गरेको ना ६ ख ५८१२ नम्वरको ट्रकमा एक्कासी आगलागी भएको हो । 

शिवराज नगरपालिका ५ चन्द्रौटा खसीवजार नजिकै अपरान्ह करिव साढे  ४ वजे अगलागी भएको हो ।उक्त ट्रक एन सि एल का व्यट्रीहरु रहेको वताइएको छ । ट्रकमा लोड रहेका सम्पुर्ण सामाग्री जालेर नष्ट भएको हो । 


राजस्वको लागी ट्रक रोकीराखेको वेला धुवा निस्केपछी स्थानियहरुले आगोलाई नियन्त्रण गर्न प्रयास गरेका थिए । ट्रक भित्र रहेका ब्यट्री सर्ट भइ आगो लागेको हुन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका डि एस पि रवि रावलले जानकारी दिए ।

आगोबाट मानविय क्षती भने नभएको र नोक्सानको विवरण पनि खुल्न नसकेको वडा प्रहरी कार्यलय चन्दँौटाका प्रहरी निरिक्षक महेश्वर उपाध्यले जानकारी दिए । आगोलाई स्थानियको सहयोगमा नेपाल प्रहरी,शसस्त्र प्रहरी र दमकलले नियन्त्रणमा लिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!