सांसद केसीद्धारा ४ कोठे भवनको शिल्यन्यास

Posted on: 08 Mar, 2019

माधव वेल्बासे । फागुन २४, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ३ नयावस्तीमा रहेको दर्गा भगवती माध्यमीक विद्यालय को ४ कोठेका भवनको शुक्रवार शिल्यन्यास गरिएको छ । प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले सो भवनमा जगमा ईटा विछाई शिल्यन्यास गरेका हुन । प्रदेश सरकार द्धारा विनियोजित ४० लाखको  लागतमा हुने भवन जेठ मसान्त भित्र पुरा हुनुपर्ने छ । शिल्यन्यास गर्दै सांसद केसीले विद्यालयको शौक्षिक अवस्था सुधारको लागी भौतीक पुर्वधार अनिवार्य रहेको वताए ।


विद्यार्थीहरु राम्रो सग बस्न को लागी भवन अभाव रहेकोले प्रदेश सरकारमा पहल गरेर वजेट विनियोजित भएको केसीले जनाए । कपिलवस्तु जिल्ला शिक्षामा पछाडी रहेको भन्दै अभिभावहरु जागरुक हुनुपर्ने जनाए । “विद्यालयमा कस्तो पढाई भइरहेको छ मेरा छोरा छोरी कत्तिको पढन जानेका छन त्यो अभिभावकले हुर्नुपर्छ” केसीले भने ।

सांसद केसीले कपिलवस्तु जिल्ला शिक्षामा पछाडी रहेको भन्दै यसलाई सुधार गर्ने जम्मेवारी सवैको हुने वताए । मधेशमा झन वढी समस्या रहेकोले प्रदेश सरकार वाट क्रमश सवै विद्यालयको स्तरउन्नतीमा आफु लागी पर्ने प्रतिवद्धता जनाए ।

शिवराज नगरपालिका वडा न ३ का वडा अध्यक्ष टेकलाल सापकोटा विद्यालयलाई अतिआवश्यक भवन निमार्णको लागी पहल गरेकोमा सांसद केसीलाई धन्यवाद दिए । विद्यालयको अवस्था सुधारको लागी आफुले विगत देखि नै पहल गरेको भन्दै यस वर्ष गेट निमार्णको लागी वडा मार्फत वजेट छुट्टाएको वताए । संघिय सरकार प्रदेश सरकार तथा स्थानिय सरकारले विद्यालयलाई वजेट विनियोजन गरेपनि स्थानिय अभिभावकले साथ नदिएमा त्यो औचयत्य नहुने वताए । अध्यक्ष सापकोटाले  पछिल्लो समयमा विद्यालयमा शिक्षाको गुणस्तरीय नभएको भन्ने गुनासो आएकोले विद्यालय प्रशासनलाई ध्यानकर्षण गराए  ।

व्यापार संघ कपिलवस्तुका अध्यक्ष माहादेव पोख्रेलले कपिलवस्तु जिल्लाको शिक्षा सुधारमा अभियान नै संचालन गर्नुपर्ने वताए । शिक्षालाई सुधार गर्नको लागी प्रदेश तथा स्थानिय तहमा पहल गर्न समेत आग्रह गरे । वालवालिकालाई अहिले  पुर्ण रुपमा गुणस्तरीय शिक्षा दिनुपर्ने भन्दै विद्यालयलाई आवश्यक स्रोत साधन सरकारले पुरा गर्नुपर्ने वताए ।

विद्यालय व्यावस्थापन समितिका अध्यक्ष छविलाल भुषालले विद्यालयलाई विद्यार्थीहरुको रोजाईको बनाउने प्रयासमा लागेको वताए । विद्यालयमा भवन बन्ने भएपछि विद्याथी तथा अभिभावकहरु खुसी भएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!