जोखिम न्युनिकरणको लागी महाराजगञ्जमा विद्युतको नयाँ सवस्टेसन

Posted on: 15 Mar, 2019

माधव बेल्वासे | चैत्र १, कपिलवस्तु | नेपाल बिद्युत प्राधिकरणले जोखिम न्युनिकरण गर्न कपिलवस्तुको महाराजगंञ्ज नया सवस्टेसन संचालनमा ल्याएको छ । बिद्युतमा जोखिम न्युनिकरण र लोड ब्यवस्थापन प्रणाली लाई समयानुकुल, मजबुत र भरपर्दो बनाउने कार्यलाई आधुनिकरण गर्ने उद्देश्यले सो सव स्टेसन संचालनमा ल्याएको हो । नेपाल विद्युत प्रविधिकरणले बितरण प्रणाली सुदृढीकरण तथा बिस्तार आयोजना मार्फत पुरानो बितरण प्रणाली स्तरोन्नती र नयाँ बितरण प्रणालीको निर्माण काय सुचारु गरिरहेको छ ।


नेपालमा बिभिन्न स्थानमा बितरण गरिएका बितरण प्रणालीमा देखिएका समस्या समाधान गर्न एसियाली बिकाश बैङ्कको आर्थिक सहयोगमा ११ वटा सबस्टेसनको स्तरोन्नती र  २५ वटा नया सबस्टेसन र त्यस सबस्टेसन संग सम्बन्धित बितरण प्रणाली सुधारगर्ने लक्ष्य अनुसार ११ वटा सबस्टेसनको स्तरोन्नतीको कार्य सम्पन्न भईसकेको नेपाल विद्युत प्राविधिकरण कार्यलयले जनाएको छ ।

नया निर्मणहुने २५ वटा सबस्टेसन हरुको निर्माण कार्य अन्तिम चरणमा रहेको छ  । २५ सबस्टेसन अन्तरगत कैलालीको हसुलिया, झापाको घैलाडुब्बा र कपिलवस्तुको महाराजगञ्ज सबस्टेसन संचालनमा आएको आयोजना प्रमुख बोधराज ढकालले वताए । अन्य केही दिनमा थप सबस्टेसन हरु संचालनमा आउने र ट्रान्सफर्मर जडान,नया बितरण लाईन निर्माणको को कार्य समेत छिटै सकिने उनले वताए । पुर्वी नेपालमा बन्ने १३ वटा र पश्चिम नेपालमा बन्ने १२ वटा गरी जम्मा २५ वटा सबस्टेसन को सिभिल र बिद्युतिय सँरचना निर्माणको कार्य अन्तीम चरणमा रहेको र अब टेष्टिङ र परिक्षणको कार्य जारी रहेको जानकारी परामर्सदाता कम्पनी  बुटवलका डिभिजन प्रमुख सञ्जय यादबले बताउनु भयो ।वाकि गोरखाको पालुङटार, डोटीको बिपी नगर, मोरङको कटहरी र झापाको जुरेपानी सबस्टेसन चालु जनाए ।

कपिलबस्तु जिल्लाको मध्य भागमा रहेको महाराजगञ्ज नगरपालिका को सबै भाग र महाराजगञ्ज दक्षीणका भागमा रहेको भोल्टेजको समस्या यो सबस्टेसन सँचालन पछी पुर्ण रुपमा समाधान हुने नेपाल विद्युुत प्राविधिकरण कृष्णनगर बितरण केन्द्र प्रमुख लक्ष्मी केशर आगन्जा ले वताए । 

चन्द्रौटा ग्रिड सबस्टेसन देखी बितरण भएको ११ के.भी. बितरण लाईनमा अत्यधिक लोड रहेको आगन्जाले वताए। । उनले भने  –“लाईनको लम्बाई ३५ किलोमिटर भन्दा बढी रहेको कारण सामान्य समस्या आउदा समेत उक्त लाईन बन्द हुने समस्या को अन्त्य हुने छ” । नया सवस्टेसन निमार्णले १० हजार उपभोक्ता र अन्य उपभोक्तालाई प्रत्यक्ष फाईदा हुने आगन्जाले दावी गरे । नया सवस्ेटसनले न्युन भोल्टेजको समस्या समाधान हुनुका साथै बितरण प्रणाली थप सुरक्षित र भरपर्दो हुने जनाइएको छ ।

बिद्युतिय जोखिम न्युनिकरणको अवधारणा अनुसार निर्माण गरिएको उक्त सबस्टेसन उपकरण हरु बितरण गरिएको लाईनमा सामान्य जोखिम युक्त समस्या देखिएमा स्वचालित रुपमा बन्द हुने बताईएको छ । महाराजगञ्जमा निर्माणकार्य पुरा भइ परिक्षण प्रसारण गरिएको उक्त सबस्टेसन हातामा कन्ट्रोल भबन १, कर्मचारी आवास भबन १ र गार्ड भबन १ रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!