गर्भवतीको घरमा 'निलो झण्डा'

Posted on: 19 Mar, 2019

माधव बेल्वासे | चैत्र ५, कपिलवस्तु | शिवराज नगरपाकिा १ शिवपुर स्वास्थ्य चौकी अन्तरगत रहेका गर्भवती महिलाहरुको घरमा निलो भण्डा राखिएको छ । सहजै गर्भवती घर पहिचानका लागि उक्त झण्डा रािखएको हो । स्वास्थ्य चौकी अन्तरर्गत रहेका ६० जना गर्भवति महिलाहरुलाई सो झण्डा वितरण गरिएको हो ।

गर्भवती महिला सुत्केरी र नहुन्जेलसम्म गर्भजाँच सेवामा प्रोत्साहन, सेवा प्रवाहमा सहजता, लक्षित वर्ग पहिचान र योजना निर्माणमा ठूलो सहयोग पुग्ने विश्वास लिइएको शिवपुर स्वास्थ्य चौकी इन्चार्ज लेखनाथ पौडेलले बताए । मंगलवार एक कार्यक्रमको आयोजना गरि उक्त झण्डा वितरण गरिएको हो ।


गर्भवति पहिचान घर कार्यक्रम शिवराज नगरपालिका १ शिवपुर लेखेको झण्डा गर्भवतीको घरमा राखीने छ । जसवाट सजिलै थाहा हुनेछ यो गर्भवति महिलाको घर हो भन्ने ।

गर्भवति महिलाको पहिचानको लागी पनि यो कार्यक्र आयोजना गरेको प्रमुख ईन्चार्ज पौडेलले वताए । “स्वास्थ्यकर्मी पुग्दा पनि निलो झण्डाले महिलाको घर पहिचान गर्न सजिलो हनेछ”उनले भने – यो अभियानले घरमा सुत्केरी गराउनेको सख्या पनि घट्ने छ ।

शिवराज नगरपालिका वडा  १ ले शिशु र आमाको मृत्युदर घटाउनको लागी पहिलो चरणको कार्यक्रम अन्तरगत गर्भवति महिलाको घरमा निलो झण्डा राख्ने कार्यक्रम राखिएको वडा अध्यक्ष जगत जिसिले वताए । झण्डाले घर पहिचान गर्ने र स्वास्थ्य कर्मीलाई पनि घरमै गएर सेवा दिन सक्ने सहज हुने जेसीले विश्वास व्यक्त गरे ।

दुर्गम गा्रमीण भेगमा आर्थिक अभाव जनचेतनाको कमी र रुढीवादी परम्पराले गर्दा घरमै सुत्केरी गराउदा आमा र शिशुलाई जोखिम हुने भएकाले झण्डा मार्फत घर पहिचान गरेमा स्वास्थ्यकर्मी ले विशेष प्राथमिकता दिने शिवराज नगरपालिकाका प्रमुख प्रशासकयि अधिकृत शेषकान्त पौडेलले वताए । गर्भवतिको घरमा निलो झण्डा राखी उपचार तथा हेरचाहमा पद्धती सुदृढ हुने विश्वास व्यक्त गरे । पटक पटक स्वास्थ्य स्वेयम सेविकाहरुले आफ्नो क्षेत्रमा रहेका गर्भवति महिलाहरुलाई परार्मश तथा स्वास्थ्य अवस्था वारे वुझ्ने गरेको चौकी ईन्चार्ज पौडेलले वताए ।

शिवपुर स्वास्थ्य चौकी अन्तरगत घरमा सुत्केरी गराउनेको सख्या सुन्य रहेको भएपनि जनचेतना तथा परामर्श दिन आवश्यक रहेको वताए । ६० जना वढी सहभागी भएको अभिमुखीकरण कार्यक्रममा महिलाहरुले गर्भवति अवस्थामा विशेष ख्याल गर्नुपर्ने वताए । उमेर नपुगी गर्भवति भएमा ठुलो समस्या देखिने भएकाले आमा शिशुको अवस्था स्वास्थ्य राख्न आफु र परिवार सचेत हुनुपर्ने वताए ।

गर्भ अवस्थामा नियमित स्वास्थ्य जाच गर्नुपर्ने  र हरेक वार खाना चार, टिटि सुई लगाएत अत्याधिक पानि खानुपर्ने वताए । सामान्य अवस्था भएपनि घरमा वच्चा जन्माउदा खतरा हुन सक्ने भएकोले स्वास्थ्य सस्थामै सुत्केरी गराउन सुझाव दिए ।

शिवपुुर स्वास्थ्य चौकीमा आर्थिक वर्ष ०७४।७५मा ४ सय ८२ जनाले प्रसुती गराएका छन । यस आर्थिक वर्षको फागुन सम्म २ सय ७६ जनाले प्रसुती गराएको ईन्चार्ज पौडेलले वताए । स्वास्थ्य चौकीमा प्रसुती गराएमा यातायात खर्च १ हजार नियमित गर्भ जाच गराएमा ८ सय र न्यानो झोला प्रत्साहन स्वरुप दिने गरेको पौडेलले वताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!