होलीको दिन कपिलवस्तुबाट १ सय १२ सवारी नियन्त्रणमा, २० जना पक्राउ

Posted on: 21 Mar, 2019

माधव बेल्वासे | चैत्र ७, कपिलवस्तु | कपिलवस्तुका विभिन्न ठाउवाट १ सय १२ सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । होलीको दिन मादक पदार्थ सेवन गरी चलाउने,मोटरसाईकलमा २ जना भन्दा वढी सवारी चलाउने जस्ता कार्य गर्ने सवारी चालकहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ । होलीलाई विकृतिको रुपमा मनाउनेहरुलाई प्रहरीले विशेष रुपमा निगरानी गरेको जनाइएको छ ।ईलाका प्रहरी कार्यलय पिपरा वाट २९ मोटरसाईकल १ कार गरी ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै वडा प्रहरी कार्यलय चन्द्रौटामा ११ सवारी साधन सहित ३ जना,ईलाका प्रहरी कार्यलय गोरुसिगेमा १९ सवारी साधन सहित ४ जना,ईलाका प्रहरी कार्यलय पकडी वाट ३ सवारी साधनलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय कपिलवस्तुमा ५८ सवारी साधन सहित ४ जनालाई नियन्त्रणमा राखीएको प्रहरीले जनाएको छ ।उद्दृख्ल गतिविधि गर्ने व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरिक्षक महेश्वर उपाध्यले वताए ।चन्द्रौटा र खरेन्द्रपुरमा सामान्य विवाद भएपनि कुनै क्षती नभएको उपाध्येले जनाए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!