कपिलवस्तुबाट म्याग्जिन र नलकटुवा पेस्तोलसहित एकजना पक्राउ

Posted on: 23 Mar, 2019

माधव बेल्वासे | चैत्र ९, कपिलवस्तु | कपिलवस्तु प्रहरीले पछिल्लो समयमा सर्च अभियानलाई तिव्र पारेको छ । प्रशासनले सुचना जारि गरेर भएका हातहतियार वुझान समेत आग्रह गरिरहेको शिवराज नगरपालिका ४ चनई वाट हातहतियार सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।


सनिवार विहान साढे ६ वजे स्थानिय रिजवान अली मियाको घरमा खानतलासी गर्दा ७७१ लेखेको खाली म्याग्जिन एक थान र घरेलु नलकटुवा पेस्तोल फेला पारेको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरिक्षक महेश्वर उपाध्ययले जानकारी दिएका छन । विशेष सुरकीको आधारमा प्रहरीले खानतालासी गर्दा उक्त परिणमको हतियार वरामद गरेको उनले जनाए । मिया प्रहरीले नियन्त्रणमा रहेका र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!