एक वर्षे सिलाई कटाई तालिम

Posted on: 10 Apr, 2019

माधव बेल्वासे | चैत्र २७, कपिलवस्तु | महिलाहरु आत्मनिर्भर बनाउने उद्देश्यले बाल अपाङ्ग टेवा सस्थानले कपिलवस्तुमा प्रत्येक वर्ष सिलाई कटाई तालीम संचालन गर्ने गरेको छ ।उक्त तालिम वाट वर्षे्नि ३० जना महिलाहरु आत्मनिर्भर वन्ने गरेका छन । वुधवार चन्द्रौटामा एक कार्यक्रमको आयोजना गरी २०७६ सालको लागी ३४ जना महिला तथा युवतीहरुलाई तालिमको लागी छनोट गरिएको छ भने २०७५ सालको तालीमलाई समापन गरिएको छ ।


स्थानिय महिलाहरुको जिवनस्तर उस्काउन र आत्मनिर्भर बनाउने उद्दश्यले सो तालिम संचालन गरिएको सस्थाका सस्थापक अध्यक्ष डेण्डी शेर्पाले वताए । उनले भने प्रत्येक वर्ष हामीले महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले सिलाई कटाई तालिम दिने गरेका छौ ।

शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले महिलाहरु अव व्यावसायमा लाग्नुपर्नेमा जोड दिइन। विभिन्न संघ सस्थाहरुले सिपमुलक तालिमहरु दिइरहेकोले अव महिलाहरु आत्मनिर्भर बन्ने उनले जनाईन । शिवराज नगरपालिकाले पनि प्रत्येक वर्ष सिलाइ कटाई जस्ता सिपमुलक तालिम दिइरहेको भन्दै सिपलाई ब्यभारमा उर्तान सहभागीहरुलाई आग्रह गरिन । काठमान्डौको एक सस्थाले शिवराज नगरपालिकामा आएर नगरका महिलाहरुलाई तालिम प्रदान गरेकोमा सस्थालाई धन्यावाद दिइन ।

कार्यक्रममा सस्थाका प्रोजेक्ट म्यानेजर भावना केसीले सस्थाको परिचय दिदै ४२ जना वालािलकाहरुलाई निशुल्क शिक्षा प्रदान,वालगृहलाई सहयोग,अशिक्षित महिलाहरुलाइ प्रोढ शिक्षा,अपांगता भएका व्यक्तिहरुलाई सहयोग गरेको वताइन ।

तालिमका प्रशिक्षक चन्दा थापाले सिप सिकेका अधिंकाह महिलाहरु आत्मनिर्भर बनेको दावी गरिन । सस्थाले दिएको तालिम पश्चात महिलाहरुले आफै व्यावासय सुरु गरेका उनले जनाइन ।

तालिममा कपिलवस्तुका अधिंकाश थारु समुदायका महिला युवतिहरुको सहभागिता रहेको थियो । तालिमलाई व्याभारिक्तामा ल्याउने सहभागिहरुले वताए । सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ ।कार्यक्रममा बाल अपाङ्ग टेवा सस्थाका सस्थापक अध्यक्ष  डेण्डी शेर्पाको अध्यक्षता शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!