कपिलवस्तुमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, १७ जना घाइते

Posted on: 16 Apr, 2019

बैशाख ३, बुटवल । कपिलवस्तुमा रोकेर राखिएको भारतीय नम्बरको ट्रकमा बस ठोकिँदा एक जनाको मृत्यु भएको छ । 

नेपालगञ्जबाट नारायणगढ जाँदै गरेको ना६ख २४६७ नम्बरको बसमा सवार ४३ जनामध्ये एकजनाको मृत्यु भएको हो । यस्तै १७ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुमा अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका दैलेखको माबो गाउँपालिका – २ बस्ने वर्ष ५५ का नन्दलाल गुरुङको उपचारको क्रममा मृत्यु भएको हो । 

सामान्य घाइते भएकाहरु सामुदायिक अस्पताल, पिपरामा उपचार  भइरहेको छ । दुबै सवारी साधन र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!