जबरजस्ती करणी गर्ने भारतीय नागरिक पक्राउ

Posted on: 16 May, 2019

माधव बेल्वासे | जेठ २, कपिलवस्तु | कपिलवस्तुको कृष्णनगरमा जवरजस्ती करणी गरेको आरोपमा एक भारतीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

भारतको सिद्धार्थनगर बस्ने २६ वर्षिय शम्भु प्रजापतीलाई नियन्त्रण लिएको वताइएको छ । प्रजापतीले विभिन्न बाहाना बनाई भारतको मुम्वई घर बताउने १५ वर्षिय किशोरीलाई जवरजस्ती करणी गरेको वताईको छ । कृष्णनगरमा रहेको एक होटलमा राखी जवरजस्ती करणी गरेको भन्दै पिडित किशोरीले प्रहरीलाई उजुरी गरेकी छिन ।

पिडितको उजुरीको आधारमा पिडकलाई पक्राउ गरी कारवार्हीको प्रकृया अगाडि वढेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुमा प्रहरी नायब उपरिक्षक देबेन्द्र पाण्डेले वताए ।  पिडित किशोरीलाई अहिले आफन्त नेपालको संरक्षणमा राखिएको संस्थाको संयोजक केसर बिशकर्माले जानकारी दिए ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!