लुम्बिनी भ्रमणवर्षको शुभारम्भ, राष्ट्रपतिद्वारा लुम्बिनी घुम्न निम्तो (फोटो फिचर)

Posted on: 18 May, 2019

जेठ ४, काठमाडौँ | लुम्बिनी भ्रमण वर्ष २०७६ शुभारम्भ गरएिको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले लुम्बिनीमा आज आयोजित बुद्धपुर्णिमा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमणवर्ष २०७६ शुभारम्भ कार्यक्रममा लुम्बिनी भ्रमण वर्ष शुरु भएको घोषणा गर्नुभएको हो ।  

माथिको तश्वीरमा: लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ कार्यक्रममा सहभागी हुन शनिबार लुम्बिनी आइपुग्नु भएकी राष्ट्रपति विद्यादेवी भण्डारी कार्यक्रमस्थलतर्फ प्रस्थान गर्दै । तस्वीरः नरेश केसी, रासस, लुम्बिनी

उहाँले संसारभरका बौद्धमार्गीलाई बुद्धको जन्मभूमी लुम्बिनी घुम्न आउन निमन्त्रणा गर्नुभएको छ । लुम्बिनीको विकासले प्रदेश नं ५ लाई समृद्ध बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उहाँले लुम्बिनीलाई विश्वशान्तिको केन्द्र लुम्बीनी गुरुयोजना कार्यान्वयन गर्नु अहिलेकै महत्वपूर्ण आवश्यकता रहेको बताउनुभयो । 

माथिको तश्वीरमा: लुम्बिनीमा शनिबार लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ तथा २५६३औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागीहरु । तस्बिरः नवीन

स्थानीयवासीको सहयोग र सहकार्यलाईसँगै लिएर अघि बढ्न आग्रह गर्दै राष्ट्रपति भण्डारीले गुरुयोजना छिटो पूरा गर्न लुम्बिनी विकास कोषको ध्यानाकर्षण गराउनुभयो । उहाँले बुद्धस्थललाई जोडेर आन्तरिक पर्यटकीय परिपथ र बाह्य मुलुकसँग जोडेर वृहत पर्यटकीय परिपथ निर्माण गर्न सकिने भएकाले सरकारलाई ध्यान दिन आग्रह गर्नुभयो । 

उहाँले बुद्धपुर्णिमालाई वैशाख दिवसका रुपमा वश्विभर मनाउने वातावरणका लागी पहल गरेकामा सरकारलाई धन्यवाद दिनुभयो । लुम्बिनी क्षेत्रलाई विश्वस्तरको शैक्षिक केन्द्रको रुपमा प्रवर्द्धन गर्नुपर्ने उल्लेख गर्दै राष्ट्रपतिले लुम्बिनी क्षेत्रमा शान्ति र स्थरिता कायम गर्दै जानुपर्ने बताउनुभयो । 

माथिको तश्विरमा: राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार लुम्बिनीमा लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ तथा २५६३ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस कार्यक्रमलाई सम्बोधन गर्दै । तस्वीरः नरेश केसी, रासस, लुम्बिनी

माथिको तश्वीरमा: राष्ट्रपति विद्यादेवी भण्डारीबाट शनिबार लुम्बिनीमा लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ गरिँदै । तस्बिरः रत्न श्रेष्ठ, लुम्बिनी, रासस

माथिको तश्वीरमा: लुम्बिनी भ्रमण  वर्ष– २०७६ तथा २५६३ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसको अवसरमा  लुम्बिनीमा  शान्ति र्‍यालीमा सहभागी हुँदै  प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेललगायत । तस्बिरः नवीन पौडेल, रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!