कपिलबस्तुको बेथी नदीमा बेपत्ता तीनमध्ये एकको शव फेला

Posted on: 03 Sep, 2019

भदौ १७, बुटवल | कपिलबस्तुको शुद्धोधन गाउँपालिका नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन जनामध्ये एकको शव फेला परेको छ | तीजको अवसरमा सोमबार बिहान स्थानीय नदिमा नुहाउन गएका तीन महिला बेपत्ता भएका थिए।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार नदीमा बेपत्ता भएका तीनमध्ये एकको शव मंगलबार बिहान फेला परेको हो । बेपत्तामध्येकी १५ वर्षीया तारा कहारको शव नदीमा तैरिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिए | शुद्धोधन गाउँपालिका वडा नं. ६ को बेथी नदीको वेलभरिया सन्तघाटमा सोमबार बिहान नुहाउन गएका ८ वर्षीय खुब्बु रैदास र २५ वर्षीय तारामती कोहार नदीमा डुबेर बेपत्ता भएका थिए ।

बेपत्ता अरु दुई जना भने फेला नपरेको प्रहरीले जानकारी दिए। सोमबार दिनभर खोजी गरिएको र मंगलबार पनि बिहानैदेखि बेपत्ताको खोजी थालिएको प्रहरीको भनाई छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!