सोनवागढमा पहिलो पटक एरियल फाटोग्राफी, के हो एरियल फाटोग्राफी ?

Posted on: 12 Mar, 2019

माधव बेल्वासे | फागुन २८, कपिलवस्तु | शिवराज नगरपालिका ३ भितिरियामा रहेको सोनवागढ क्षेत्रमा पहिलो पटक एरियल फोटोग्राफी गरिएको छ । उपकरणलाई आकाशमा उडाएर सोनवागढ क्षेत्रको फोटो खिचिएको हो । सोनवागढलाई संरक्षण र वास्तविकता वारे वुझनको लागी दुर्हम विश्वविद्यालय बेलाएतका डा मार्क मेनवलले फोटोग्राफी गरेका हुन । सानो आकारको एक मेसिनमा क्यामरा जडान गरि उक्त तस्विरहरु खिचिएको छ । जमिनको सतह,भ वनावट र स्थलहरुको वास्तविक अवस्था खिचिएको फोटो वाट सजिलै पत्ता लगाउन सकिने छ । पुरात्तव विभागका प्रमुख पुरातत्व अधिकृत राम वुहादुर कुवर पनि सहभागी थिए ।

कपिलवस्तुको चन्द्रौटा बजारदेखि झण्डै ५ किलोमिटर उत्तरतर्फको घना जंगलमा अवस्थित  छ सोनवागढ मन्दिर ।  मन्दिर बौद्धकालीन शाक्यवंशी राजाले सुनको खजाना लुकाएर राखिएको किंवदन्ती अनुसार मन्दिरको नाम सनवागढ राखिएको स्थानीयबासी बताउँछन । संरक्षणको अभावमा मन्दिरमा रहेका पुरातात्विक धेरै बस्तुहरू चोरी भैसकेको छ । मन्दिर एक एतिहासिक भएपनि यसलाई संरक्षण नहुदा चोरी भइरहेको स्थानियहरुको भनाई  छ । मन्दिरको पश्चिमि क्षेत्रमा रहेको सुकबेल नदिले प्रत्येक वर्षे मन्दिर क्षेत्र कटान गर्दै आएको छ । 

मन्दिर परिसरमा ४ वटा अग्लो ढिस्कोहरु रहेका छन । मन्दिरको पश्चिम क्षेत्रमा रहेको ढिस्कोमा केहि वर्ष पहिला मुर्ती फेला परेको थियो सोहि मुर्तीलाई अहिले मन्दिर भित्र राखीएको छ । मन्दिर भित्र रहेको एक गोलाकार ढुगालाई उचालेमा आफुले आटेको पुग्ने विश्वास रहेको छ ।मन्दिर पुग्न २ वटा खोलाहरु तरेर जानुपर्ने हुन्छ । मन्दिर पुग्न सहज नभएका कारण पनि प्रचार प्रसारमा कमि भएको हो । जगल भित्र रहेको मन्दिरलाई व्यवस्थापन गर्न सकेमा राम्रो पर्यटकिय स्थल बनाउन सहज हुने सरोकारवालहरुको भनाई छ । मन्दिरमा एक स्थानिय चौधरीले  पुजाआजा गर्दै आएका छन । मन्दिर परिसर सुनसान भएकाले  रमणिय क्षेत्र रहेको छ ।

लुम्विनि विकास कोषले गत पुष १० गते वाट पहिलो पटक उत्खनन गरेको गरेको हो । सोनवागढवाट गुप्तकालिन ईटावाट निर्मीत भग्नावेषहरुले फेला परेका छन ।सो क्षेत्रमा गुप्तकालिन इतिहास स्वरुप भेटिएका भग्नाबशेषहरुको डेटिङ्ग एकिन गर्न परिक्षण गरिने छ । 

प्रचुर पर्यटकीय सम्भावना बोकेको सोनवागढ मन्दिरमा कोषको पुरातत्व विभागले गत बर्ष देखि नै सोनवागढ मन्दिर क्षेत्रलाई संरक्षण गर्दै आइरहेको थियो । उत्खननको काम सुरु भइसकेपछि जमिन तल केहि महत्वपूर्ण इतिहास भेटिए मन्दिरको महिमा र यस क्षेत्रको विकास हुने स्थानीयले आशा गरेका छन ।  हजारौं वर्ष पुरानो तथा धार्मीक धरोहरका रूपमा रहेको सोनवागढ मन्दिरको महत्व बढ्दै गए पनि यस क्षेत्रलाई अझै प्रचार प्रसारमा ल्याउन र मन्दिरको वास्तविक इतिहास पत्ता लगाउन उत्खननले सहयोग पुर्याउने विश्वास रहेको छ । उत्खननका क्रममा १३ सय पुराना एतिहासिक संरचना यस क्षेत्रमा मात्र पाइएको छ ।

प्रदेश नं. ५ का प्रदेश सभा सखस्य अर्जुन कुमार के.सीले सोनवागढ मन्दिर क्षेत्रमा उत्खनन तथा संरक्षणको  लागी पहल गरेका हुन । १३ सय पुराना एतिहासिक संरचना यस क्षेत्रमा मात्र पाइएको केसीले दावी गरे । उत्खननको काम सुरु भए देखि नै जनमानसमा सनवागढ भन्ने प्रचारमा आइ सकेको केसीको भनाई छ । “यसको इतिहास तथा धार्मिक महत्वबारे प्रारम्भिक चरणमा गुप्तकालिन इतिहास भेटिनु  गौरवको करा हो” सांसद केसीले भने –पहिलो पटक उत्खनन भया,े भुभौतिक सर्वे गरियो अहिले एरियल फोटोग्राफी गरियो ।

सांसद केसीले अर्का वर्ष पनि उत्खननको काम निरन्तरता हुने जनाए । स्थानिय तह,प्रदेश र संघिय सरकारमा समेत सोनवागढको विषयमा गम्भीर रुपमा लिनको लागी सवैमा आव्हान गरे । 

के हो एरियल फाटोग्राफी ?

सामान्य ४ किलोग्रामजतिको एउटा उपकरण । काम भने ठूलै गर्छ । विमान वा हेलिकप्टरबाट खिच्नुपर्ने ’एरियल भ्यू’ यही उपकरण ’अनम्यान्ड एरियल भेहिकल’ बाट खिचिन्छ ।

ड्रोनसमेत भनिने यस उपकरणको प्रयोग गरेर अहिले बुद्धस्थल तिलौराकोटलगायतका ऐतिहासिक र पुरातात्विक ठाउँको हवाइ दृश्य खिचिँसकिएको छ  । मंगलवार शिवराज नगरपालिका ३ भितिरियामा रहेको सोनवागढ क्षेत्रमा पनि यहि सामाग्री वाट फोटो खिचिएको हो ।

४ वटा पंखा भएको सानो ड्रोनमा तल फर्काएर क्यामरा जडान गर्छन् । त्यसपछि ४० दशमलव आठ भोल्टका दुई ब्याट्रीको ऊर्जाले उक्त ड्रोनलाई आकाशतर्फ उडाउँछन् । अनि एरियल फोटोग्राफी विशेषज्ञले रिमोटबाट उचाइ मिलाउँदै तल जमिनको तस्बिरहरू खिच्छन् । माथिबाट क्यामराले खिचेका तस्बिरहरू तल उपकरणमा देखिन्छ, ् । 

यस्तो ड्रोनबाट जमिनदेखि एक मिटरदेखि ५ सय मिटर माथिसम्मको एरियल फोटोग्राफी गर्न सकिन्छ । सबैभन्दा राम्रो तस्बिर ५० मिटरबाट आउँछ । यो उपकरणले प्रत्येक दुई सेकेन्डमा एउटा तस्बिर खिच्छ ।

बुद्धस्थलका हवाइ दृश्य खिच्नुका साथै टोपोग्राफी नक्सा बनाइरहेका छन् । बेलायतको डुर्हाम युनिर्भ्सिटी, युनेस्को, पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्त्वविद् संलग्न टोलीद्वारा भइरहेको तिलौराकोट उत्खनन अन्वेषण परियोजनाअन्तर्गत यी कामहरू भइरहेका हुन् । तिलौराकोट भइरहेको अवस्थामा प्रदेस सांसद अर्जुन केसीको पहलमा भितिरियामा पनि फोटोग्रफि गरिएको हो ।

ड्रोनमा जीपीएस उपकरण पनि जोडिएकाले त्यसबाट अक्षांश देशान्तर रेखासहितको तस्बिर निकाल्न र टोपोग्राफी नक्सा बनाउन सकिन्छ । नक्साले कुन ठाउँ अग्लो छ वा कुन ठाउँ होचो छ भन्ने सबै देखिन्छ । कारणबस पुरातात्त्विक स्थल नासिए वा पुरिए पनि यस्तो नक्साले ठाउँ पत्ता लगाउन सकिन्छ । यसैका आधारमा पछि ठाउँको खोज र अनुसन्धान गर्न सकिन्छ । 

सरोकारवाल भन्छन ‘संरक्षण हुनुपर्छ’

शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले सोनवागढ शिवगढी नगरका चिनारी रहेको वताए । सानोवागढ एतिहासिक तथा पुरातत्विक रहेको भन्दै यसको संरक्षणमा सवै लाग्नुपर्ने जनाए । पर्यटकिय स्थलहरको प्रचार प्रसारको लागी नगरपालिकाले विभिन्न योजनाहरु ल्याएको भन्दै स्थानियहरुको साथ र सहयोग आवश्यक रहने वताए । शिराज नगरपालिका वडा न ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले सोनवागढ आवत जावत गर्न कठिन रहेकोले यस वर्ष २ वटा झुलुंगे पुल निमार्ण हुने वताए । 

सोनवागढ मन्दिर परिसरलाई व्यवस्थि बनाई पर्यटकको आगमनलाई  वढाउन प्रयास गरिरहेको वताए । सोनवागढ उत्खनन पश्चात सोनवागढ घुम्न आउनेहरुको सख्यामा केहि वढी भएको समेत उनले जनाए । व्यापार संघ कपिलवस्तुका अध्यक्ष माहादेव पोख्रेलले राज्य समृद्धको नारा लिइरहेको बेलम पर्यटक स्थल तथा एतिहासिक स्थल संरक्षणमा ध्यान दिनुपर्ने तर्क राखे । शिवराज नगरपालि विकास सगै नगर भित्र रहेका पर्यटकिय स्थलहरुको प्रचार प्रसार र उचित संरक्षणको लागी तिन वटै तहले सहयोग गर्नुपर्ने वताए ।

उद्योग वाणिज्य संघ चन्द्रौटाका वरिष्ट उपाध्यक्ष ईश्वरी पाण्डेले सोनवागढ एतिहासि स्थल रहेकोले यसको महत्व छुटै रहेको वताए । धार्मीक आस्थाको समेत केन्द्रविन्दु रहेको सोनवागढलाई पर्यटकहरुको गन्तव्य बनाउनुपर्नेमा जोड दिए । शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल,इलाका प्रशासन कार्यलयका साखा अधिकृत जगदिश अर्याल,शिवराज जेसिसका अध्यक्ष सरोज पौडेल,युवा नेता गणेश केसी लगाएतले  एतिहासिक स्थल सोनवागढ क्षेत्रको संरक्षण हुनुपर्नेमा जोड दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!