प्रदेश ४ को स्थायी राजधानी टुंगो लाग्यो, भोलि र पर्सि प्रदेशको नामबारे छलफल हुँदै

Posted on: 02 Jul, 2018

असार १८, पोखरा । प्रदेश नम्बर ४ को स्थायी राजधानी पोखरा तोकिएको छ । प्रदेशसभाले सोमबार पोखरालाई स्थायी राजधानी बनाउने प्रस्ताव दुई तिहाई बहुमतले पास गरेको हो ।

प्रदेशसभामा उपस्थित ५२ जनाले नै पोखरालाई राजधानी बनाउने प्रस्तावको पक्षमा मत दिएका छन् । 


त्यसअघि छलफलमा भाग लिएका अधिकांश सांसदले पोखरालाई राजधानी बनाउने प्रस्तावको समर्थन गरेका थिए । सरकारले अस्थायी राजधानी पनि पोखरालाई नै तोकेको थियो ।

प्रदेशको नाम भने तोकिएको छैन । भोलि र पर्सि प्रदेशको नामबारे छलफल गर्ने कार्यसूची छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!