पर्यटनमन्त्री अधिकारीलाई गृहजिल्लामै कालोझण्डा, विद्यार्थी नेता पक्राउ

Posted on: 26 Nov, 2018

मंसिर १०, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीलाई पोखरामा कालोझण्डा देखाएका छन् । पोखरा मन्त्रि अधिकारीको आफ्नै गृहजिल्ला हो | उनलाई कालो झण्डा देखाएको आरोपमा ६ जना विद्यार्थी नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नयाँ शक्ति नेपालको विद्यार्थी संगठनका नेताहरु नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिम्सिना, नरेन्द्र बस्याल, कृष्ण अधिकारी र तेजेन्द्रकुमार भट्ट छन् । उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नयाँ शक्तिका एक नेताका अनुसार वाइडबडी जहाज खरिद सम्बन्धी विवादको सत्य, तथ्य छानबिनको माग गर्दै सृजना चोकमा कालो झण्डा देखाउने क्रममा प्रहरीले पक्राउ गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!