पोखरामा नेकपाकी उमेरदवार विद्या भट्टराई दोब्बर मतले अगाडि(अपडेट)

Posted on: 01 Dec, 2019

मंसिर १५, कास्की | शनिबार भएको उपनिर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ | कास्की -२ मा नेकपाकी उमेरदवार बिद्या भट्टराई ८ हजार २६५ मत सहित कांग्रेस उमेरदवार भन्दा दोब्बर मतले अगाडि छन् | 

काँग्रेस उम्मेदवार खेमराज पौडेलले ३ हजार ६८२ मत ल्याएका छन् | दुईबीच ४ हजार ५ सय ८३ मतको अन्तर रहेको छ | त्यस्तै समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङले १७२ मत प्राप्त गरेका छन् | साझा पार्टीकी रजनी केसी ९० मत,राप्रपाका रोमबहादुर भण्डारीले १८६ मत ल्याएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!