पोखरामा मेयरले डोजर चलाउदा पत्रकारसहित ५ घाइते

Posted on: 15 Jun, 2018

असार १, पोखरा । पोखरामा फुट ट्रयाक उद्घाटनको क्रममा एक्कासी डोजर चल्दा पत्रकारसहित ५ जना घाइते भएका छन् ।


पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीद्वारा डोजर चलाएर फुट ट्रयाकको उद्घाटन गर्ने क्रममा फिर्के खोलाको बारलाई धक्का दिँदा पत्रकारसहित ५ जना घाइते भएका छन् । ।

उद्घाटनको फोटो खिच्न पत्रकार तथा स्थानीयहरु बारमा आड लागेर बसेका थिए ।

उद्घाटनको क्रममा मेयर जिसीले झुक्किएर लिभर दबाउँदा डोजरको वकेटले बार भत्काएको थियो |

डोजरको फोर्सले धक्का दिएपछि बार भच्चिएर त्यसमा अडेस लाग्नेहरु खोलामा खसेका हुन् । खोलामा खस्नेहरुमा पत्रकारहरुसँगै पोखरा लेखनाथ महानगरपालिका ८ बाट उद्घाटन हेर्न आउने ५ जना  रहेका छन् । दुर्घटनापछि उनीहरुको उद्दार गरी मेट्रोसिटी अस्पताल पोखरामा उपचार गरिदै छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!