कास्कीमा १३ वटा मोटरेबल पुल बन्दै

Posted on: 13 May, 2017

बैशाख ३०, पोखरा । कास्कीमा १३ वटा मोटर जाने पुल निर्माणाधीन छन् । 

चालु आवको असार मसान्तसम्म पाँच पुल बन्ने र बाँकी अर्को आवभित्र सकिने जिल्ला समन्वय समिति कास्कीका प्रमुख जिल्ला इन्जिनियर नारायणप्रसाद बरालले जानकारी दिनुभयो । 

कालीखोला, रामदुवाली, काहुँखोला, इदीखोला र पात्सेखोलाका पुल यसै आवमा बन्नेछन् । इ बरालका अनुसार ती सबै पुल निर्माणका लागि जिल्ला समन्वय समितिले ठेकेदारसँग झन्डै रु २९ करोडको सम्झौता गरेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!