बास्तोला कम्प्लेक्स ब्यबसायी समितिद्धारा संचालित चिठ्ठाको नजिता सार्बजनिक

Posted on: 24 Jun, 2017

असार १०, पोखरा | पोखराको पृथ्वी चोकमा रहेको बास्तोला कम्प्लेक्स ब्यबसायी समिति द्धारा आयोजना गरेको  चिठ्ठाको नतिजा  आज एक कार्यक्रम गरि समितिले सार्बजनिक गरेको छ । चिठा नतिजाबाट प्रथम पुरस्कार चिठ्ठा नम्बर २२६५का एकराज पोखरेल ३२ इनचको एल इडि टिभी , द्धितिय पुरस्कार चिठ्ठा नम्बर ६९९९का किसान गुरुङ्गले फ्रिज , तृतिय पुरस्कार चिठ्ठा नम्बर  ८९७५का कृष्ण प्रसाद तिवारीले दराज , तृतिय पुरस्कार अर्कोमा चिठ्ठा नम्बर  १७३० का सिताले दराज  चौथो  पुरस्कार चिठ्ठा नम्बर ८२३७मनमाया गु्रुङ्ग , चिठ्ठा नम्बर  ३५४६ का रामहरि प्रसाद तिमिल्सिना, चिठ्ठा नम्बर १४९८का  केन्जन घलले  मोबाइल  पाएका छन् ।



चिठ्ठाको नतिजाबाट प्रथम द्धितिय तृतिय र चौथो सहित १८ जनाले अन्य पुरस्कार पाएका छन् । चिठ्ठाको नतिजा कार्यक्रमको उद्घाटन गर्दै पोलेमनपा वडा नं ९ का वडा अध्यक्ष राम राज लामिछानेले ब्यबसायीले गरेको हरेक काममा आफ्नो पुर्ण समर्थन रहेको बताए । बास्तोला कम्प्लेक्स भित्र रहेको पसलहरुबाट रु २०० भन्दा माथीको सामान किनेपछि कुपन दिइएको थियो । चिठ्ठा कार्यक्रम बैशाख १ देखि संचालन भएको थियो । चिठ्ठामा १२हजार ग्राहकले सहभागिता जनाएको समितिका कोषाध्यक्ष ओम बोगटीले जानाकारी दिए । बास्तोला कम्प्लेक्स ब्यबसायी समितिका अध्यक्ष जेबी गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा चिप्लेढुंगा मिनि मार्केटका सचिव इन्द्र बहादुर कार्की बास्तोला कम्प्लेक्स ब्यबसायी समितिका सचिव राम प्रसाद पोखरेल लगाएतले बोलेका थिए ।कार्यक्रको संचालन बास्तोला कम्प्लेक्सका संचालक उमराज बास्तोलाले गरेका  थिए । बास्तोला कम्प्लेक्समा ३२० सटरहरु रहेका छन् । स्थानिय युवा ब्यबसायी माधव बास्तोला, बलराम बास्तोला,उमराज बास्तोला र बाबुराम आचार्यले करिब ५ करोडको लगानीमा  असोज देखि संचालनमा आएको हो ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!