बास्तोला कम्पेक्सले तिज ब्यापार मेला गर्ने

Posted on: 15 Aug, 2017


कमल सुबेदी |साउन ३१ पोखरा | पोखराको पृथ्वी चोक मा रहेको बास्तोला कम्प्लेक्सले नेपाली महिलाहरुको महान चाड हरि तालिका तिजको अबसर पारेर तिज ब्यापार मेला  गर्ने  भएको छ । मेला  यहि  भाद्र १ गते बाट ३ गते सम्म संचालन हुने बास्तोला कम्प्लक्ेस का संचालक उमराज बास्तोलाले जानाकारी दिए । ब्यापार ब्यबसायका लागि प्रबर्धन गर्ने उदेश्यले मेला आयोजना गरिएको बास्तोलाले बताए  । मेलामा चर्चित  लोक दाहोरी गाएक पशुपति शर्मा, राम्जी पौडेल, कृष्ण सुबेदी ,प्रदिप त्रिपाठी ,तुलसा जिसी , मन्जु विक, माया गुरुङ्ग,लक्ष्मी बानिया,मिठु झा ,सुनिता नेपाली ,लगाएतका स्थानिय ख्याति प्राप्प कलाकारको बेजोड प्रस्तुत रहने कम्पेक्सले जनाएको छ  । मेला अबधिभर तिस हजार दर्शकले  मेलाको अबलोकन गर्ने र तिन करोड बराबरको कारोबार हुने  आयोजकले दाबि गरेको छ ।  पोखराका ४ जना युवा ब्यबसायी बलराम बास्तोला,माधव बास्तोला,उमराज बास्तोला र बाबुराम आचार्य  मिलेर २०७३ असोज बाट संचालनमा आएको कम्पेक्सले बेला बेलामा ब्यबसायी हरुको आबश्यकता महशुस गरि मेला महोत्सव आयोजना  गर्दै आइरहेको छ । एउटै छाना मुनि करिब ३२० सटर रहेको कम्पेक्समा नुन देखि  सुन सम्म जिरा देखी हिरा सम्म पाइने  बास्तोला कम्पेक्सका संचालक बलराम बास्तोलाले जानाकरी दिए  । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!