सरल नमुना सहकारीद्धारा शैक्षिक सामाग्री वितरण

Posted on: 24 Jan, 2018


माघ १० पोखरा ।

पोखराको चिप्लेढुंगाामा रहेको सरल नमुना बचत तथा ऋण सहकारी सस्थाले  बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । सस्थाले  बुधबार एक कार्यक्रमको आयोजना गरि आङ्खनो १०औ स्थापना दिबस पारेर पोलेमनपा १९ काउरेमा रहेको शिवेश्वरी आधारभुत विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाइ शैक्षिक  तथा  खेलकुद सामाग्री बितरण गरको हो । 



खेलकुद सामाग्री बितरण गर्दै पोलेमनपा १९ का जनप्रतिनिधि कोमल बास्तोलाले सहकारी नाफा मुखी भन्दा सेवामुखी हुनुपर्नेमा जोड दिए । विद्यार्थीहरु भबिष्यका कर्णदार भएको  बताउदै उनले बाल बच्चालाइ सरकारी बिद्यालय बाट नै गुणस्तरिय शिक्षा दिनुपर्ने  बताए । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष खिमलाल बास्तोलाले पछिल्लो समयमा  सरकारी  बिद्यालयमा बिद्यार्थीहरु घट्दै गइरहेकोमा चिन्ता ब्यक्त गरे ।



 बिद्यालयका प्रध्यानाध्यापक उमेश राज पौडेलले सहकारीले गरेको सहयोगको कदर गर्दै सामाजिक काम र स्वरोजगार बनाउन सहकारीले उल्लेख्य भुमिका खेलेको बताए । सहकारीका अध्यक्ष दिपक बास्तोलाले सहकारीले हरेक बर्ष आङ्खनो बार्षिकोत्सवको अबसर पारेर विभिन्न सामाजिक कामहरु गर्दै आइरहेको बताउदै आगामाी दिनमा समेत सहकारीले  सामाजिक काम गर्ने  प्रतिबद्धता जनाए  । सस्थाका अध्यक्ष दिपक बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारी सस्थाका संचालक समिती सदस्य किरण अधिकारीले  कार्यक्रम माथी प्रकाश पारेका थिए भने कार्यक्रमको संचालन सस्थाका सचिव निर्मल प्रसाद बास्तोलाले गरेका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!