पोखरामा १०० शैयाको आईसियु सेवा सहित सुविधा सम्पन्न अस्पताल

Posted on: 19 Mar, 2020

चैत ६, काठमाडौँ | पोखराको नागढुंगामा सुविधा सम्पन्न चरक मेमोरियल अस्पताल सञ्चालनमा आएको छ। विगत  ६ वर्षदेखि  विभिन्न सेवा सुविधा दिँदै आएको उक्त अस्पतालले आफ्नै अत्याधुनिक भवनबाट थप सेवा विस्तार गरेको अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले जानकारी दिए |

१ सय ५० करोडको लगानीमा निर्माण भएको अस्पतालले १०० शैयाको आईसियु सेवा १० बेडको एनआइसियू सेवा, १५ बेडको पोष्ट अपरेटिङ सेवा, सञ्चालनमा ल्याईएको हो । पोखरा र पोखरा आसपासका क्षेत्रमा मुटुका बिरामीको चाप बढेसँगै यस अस्पतालले क्याथ ल्याब सेवा सञ्चालनमा ल्याएको पोखरेलले बताए |

अस्पतालले अत्याधुनिक मोडलरओटी  सेवा सञ्चालनमा ल्याएसँगै नेपाल सरकारबाट किड्नीको हेमोडायलसिस  गर्नुपर्ने बिरामीहरुको लागि निः शुल्क सेवा दिँदै आएको छ । विशेषज्ञ चिकित्सकबाट २४ सै घण्टा उपचारको सुविधा दिने व्यवस्था  मिलाएको  छ | अस्पतालमा अत्याधुनिक ल्याब तथा फार्मेसी सेवाको साथै (हेयर ट्रान्सप्लान्ट) सेवा दिँदै आएको छ |

त्यस्तै अस्पतालले दुर्विनको सहयताले आर्थोस्कोफी र हिप तथा जोर्नी फेर्ने र मेरुदण्डको स्पाइन सर्जरीको सेवा दिने व्यवस्था मिलाएको छ । अस्पतालले विशेष गरेर भ्रमण वर्ष २०२० लाई प्राथमिकतामा राखेर प्रदेश नं. ४ लाई लक्षित गरी डाक्टर सहितको हेलिप्याड सेवा समेत सञ्चालनमा ल्याएको प्रबन्ध निर्देशक पोखरेलले बताए ।|

यस बिषयमा तपाइको प्रतिक्रिया...!