अंशबन्डामा कुरा नमिल्दा कलाकार माओत्सेको घरमा झगडा

Posted on: 13 Nov, 2016


कमल सुबेदी | कात्तिक २८, पोखरा | दाजुभाइको अंशबन्डामा कुरा नमिल्दा पोखराका कलाकार माओत्से गुरुङ्गको घरमा झगडा भएको छ । अंशबन्डमा डुङ्गा कस्ले लिने भन्ने बिषयमा कुरा नमिल्दा दाजुभाइ बिच झगडा भएको  हो । तर यो झगडा भने रियल लाइफमा भने भएको हैन, आउँदो मंसिर १० गतेबाट प्रर्दशमा आउन लागेको नेपाली कथानक चलचित्र पुरानो डुङ्गामा भएको हो । 

कलाकार माहोत्से गुरुङ्गको निमार्णमा बनेको चलचित्र यहि मंसिर १० गते बाट देशैभरिका हलबाट प्रदर्शनमा आउन लागेको हो । झगडाले कस्तो रुप लिएको छ भन्ने कुरा थाहा पाउन भने चलचित्र नै हेनुपर्ने हुन्छ । निर्माता माहोत्से  गुरुङ्गले  आज पोखरामा पत्रकार सम्मेलन गरेर  प्रदर्शनमा आउने चलचित्र एकदमै पारिवारिक कथामा तालको वरपर  सरल जिवन बिताउनेहरुको जिवनसग मेल खाने निर्माता गुरुङ्गले जानाकारी दिए ।

चलचित्रका कलकार दयाहाङ राईले  समाजमा दाजुभाइको सोच नमिलेका कारण घरपरिवारमा हुने खटपट र सामाजिक विषयबस्तुको  वरिपरि कथा घुमेको बताए ।चलचित्रका निर्देशक राम बाबु गुरुङ्गले चलचित्र केहि फरक शैलिमा बनेको बताए ।चलचित्रमा कलाकारहरु माहोत्से गुरुङ्ग,दयाहाङ राई,प्रीयंका कार्की, मेनुका प्रधान लगाएतको मुख्य भुमिका रहेको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!