प्रधानमन्त्री प्रचण्डद्वारा सन्यासी बन्ने घोषणा

Posted on: 16 Dec, 2016

पुस १, पोखरा । सरकारले हालै सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री प्रचण्डको सम्पत्ति तीन तोला सुन र चितवनमा एक कठ्ठा जमिन छ । यो बिषयमा आलोचकहरुले प्रचण्डलाई बिभिन्न तरिकाले आरोप लगाउंदै गर्दा प्रचण्डले आफ्नो सम्पति त्यो भन्दा बढी देखाउन सके सन्यासी बन्ने घोषणा गरेका छन् । 

पार्टीको प्रशिक्षणका लागि पोखरा आइपुगेका माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन । प्रधानमन्त्रीको सम्पति विवरण पत्यारलाग्दो नभएको चर्चा चल्दैगर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आलोचकहरुलाई आफ्नो निजी सम्पत्ति देखाउन चुनौती दिँदै आफ्नो सम्पति देखाउन सके सन्यासी बन्ने चुनौती दिए । उनले आफुले विवरणमा देखाएको सम्पत्ति पनि व्यक्तिगत नभई पार्टीको भएको बताए । 

प्रचण्डले साम्यवादको सिद्धान्त अनुसार नै आफूले सबै सम्पति पार्टीकरण गरिसकेकाले आफुसँग भएको सम्पत्ति कि पार्टीको कि सरकारको भएको बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!