पोखरामा चुनावको रौनक सुरु, महानगरपालिकाको मेयरका लागि तिवारीको उमेद्वारी घोषणा

Posted on: 15 Mar, 2017

चैत २ पोखरा 

 सरकारले स्थानिय तहको निर्वाचन घोषणा गरेसँगै पोखराका राजनीतिक दलहरुले आफ्नो उम्मेद्धवारी घोषण गर्ने क्रम सुरु भएको छ । पोखरा लेखनाथ महानगरको प्रमुख मेयरका आकांक्षी नन्दप्रसाद तिवारीले बुधबार पोखरामा पत्रकार सम्मेलन गरि उम्मेद्धवारी घोषणा गरेका छन्  ।

उनले समग्र पोखराको समुचित विकास गरि समृद्ध पोखरा निर्माणको अभियानमा नेपाली कांग्रेसको तर्फबाट मेयर पदको आकांक्षीका रुपमा उम्मेद्धवारी घोषणा गरेको बताए । उनले आफु मेयर पदमा निर्वाचित भए कुनै सेवा सुविधा नलिईकन महानगरबासीको सेवा गर्ने घोषणा समेत गरे ।

पोखराको विकासका लागी ३३ वटा योजना सहित उम्मेद्धवारी घोषणा गरेका तिवारीले आफु निर्वाचित भए सुन्दर र उदारणीय महानगर बनाउने बताए । उनले पोखरालाई भ्याकुमबाट सरसफाई गर्ने, पोखरा प्रबेश गर्ने राजमार्गहरु वानवय बनाउने, नगरपालीका लागि फराकीलो बनाउने लगाएतका रहेका छन् ।

कास्कीमा २३ वटा राजनीतिक दलले निर्वाचन कार्यालयमा दल दर्ता गराएका छन भने उम्मेद्धवारका आकांक्षी धेरै भएपनि पत्रकार सम्मेलन गरेर उम्मेद्धवारी घोषणा गर्नेमा तिवारी पहिलो उम्मेद्धवारको आकांक्षी भएका छन् । जिल्लामा १ महानगरपालिका ४ गाउँपालिका रहेका छन भने करिब ५ लाख जनसंख्यामा २ लाख २५ हजार मतदाता रहेका छन् ।

  


यस बिषयमा तपाइको प्रतिक्रिया...!