माओवादी केन्द्र पोखरा लेखनाथ महानगरपालीका ८ मा अध्यक्षमा सुबेदी

Posted on: 18 Mar, 2017

कमल सुबेदी | चैत ५, पोखरा | नेकपा माओबादी केन्द्र पोखरा लेखनाथ महानगर पालीका ८ को अध्यक्षमा लक्ष्मी प्रसाद  सुबेदी  चयन भएका छन् । नेकपा माओबादी केन्द्र पोखरा लेखनाथ महानगर पालीका ८को तेस्रो अधिबेशन बाट सुबेदीको अध्यक्षतामा १७ सदस्यीय वडा समिति  गठन  भएको छ । समितिको उपाध्यक्षमा कृष्ण कुमारी गुरुङ्ग, सचिवमा छबिराज सुबेदी ,कोषाध्यक्षमा हिरा काजी श्रेष्ठ, सह सचिवमा मिठी देबि भन्डारी र सदस्यहरुमा हरि शरण श्रेष्ठ,कृष्ण प्रसाद बराल,बाबुराम भट्टराई,भरत क्षेत्री,संगम मरासिनी,राम बहादुर गिरी,कृष्ण बहादुर भट्टराई,सानु तामाङ, चुनमाया सुबेदी,लोकराज भन्डारी ,भोजराज  कुबर ,मजिरुन मिया रहेका  छन । अधिबेशनको उद्घाटन गर्दै नेकपा माओबादी केन्द्र्रका पोलिटब्युरो सद्स्य तथा   कास्कीका इन्चार्ज राज काजी गुरुङ्ग करणले चुनाव जस्तोसुकै हालतमा पनि हने भएकोले कार्यकर्तालाइ गाउ गाउमा परिचालन हुन आग्रह गरे । 

अब देश नया ढंगबाट अघि बढिसकेको बताउदै गुरुङ्गले जनयुद्धको सपना अब पुरा हुने बताए । राजधानी केन्द्रित बिकाश अब गाउ केन्द्रित हुने भएकोले अबको केहि बर्षमा गाउहरु परिर्बतन हुने बताए । नेकपा माओबादी केन्द्र्रका केन्द्रिय सदस्य गंगा पोखरेलले निर्बाचनले जनताको अधिकार रक्षा गर्ने भएकोले निर्बाचन नै अहिलेको आवश्यकता भएकोमा जोड दिए ।कार्यक्रममा नेकपा माओबादी केन्दका सल्लाहाकार कोमलनाथ बराल ,  माओबादी केन्द्र वडा न ५ का अध्यक्ष  नारायण बिक्रम शाही  ७ का अध्यक्ष सुर्य बहादुर कार्की , माओबादी केन्द्र वडा न ९ का अध्यक्ष बम बहादुर कार्की , युबराज पराजुली , जनक राज पराजुली छबिराज सुबेदी ,नेपाली काग्रेसका वडा न ८ का सभापति सुवास सिक्देल नेकपा एमालेका वडा न ८ का अध्यक्ष राज कुमार गिरी ,संगिय समाजबादी पार्टीका धन बहादुर परियार लगायतले नबनिर्वाचित समितिलाइ शुभकामना दिएका थिए ।  नेकपा माओबादी केन्द्र पोखरा लेखनाथ महानगर पालीका ८ को अध्यक्ष लक्ष्मी प्रसाद  सुबेदीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन राम बहादुर गिरीले गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!