पार्टी विरोधी गतिविधिमा लागेको भन्दै माओवादी केन्द्रद्धारा ५ जनालाई कारवाही

Posted on: 27 Apr, 2017

बैशाख १४, पोखरा । नेकपा माओवादी केन्द्रले पार्टी विरोधी गतिविधिमा लागेको भन्दै ५ जना सांगठनिक सदस्यलाई कारवाही गरेको छ ।

माओवादी केन्द्र वडा कमिटी पोखरा—१६ ले पार्टीका क्रियाशिल सदस्य एंव विगतमा विभिन्न कमिटीमा आवद्ध गोविन्द थापा, विष्णु नेपाली, दुर्गाबहादुर खड्का, मिनबहादुर गुरुङ, क्याप्टेन सोमबहादुर गुरुङलाई पार्टीको सदस्य समेत नरहने गरि निलम्बित गरिएको वडा कमिटीका अध्यक्ष गुरुदत्त भट्टराईले जानकारी दिए ।

चुनावलाई प्रभावित गर्ने गरि अन्य पार्टीलाई सहयोग गरेको र स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै कारवाही गरिएको पार्टी स्रोतले जनाएको छ । कारवाहीमा परेका पाँच जना हाल एमाले र काँग्रेसमा प्रवेश गरेर पार्टीको काममा क्रियाशिल रहेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!