माओबादी केन्द्र पोले १९ को घरदैलो तथा मोटर साइकल ¥याली सम्पन्न

Posted on: 27 Apr, 2017

 बैशाख १४, पोखरा | बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनको लागि माओबादी केन्द्र  पोले १९ घरदैलो कार्यक्रम र मोटर साइकल ¥याली सम्पन्न भएको छ । माओबादी केन्द्र  पोले १९ का वडा अध्यक्षका उमेद्धार र सदस्य सहितको मोटर साइकल ¥याली  उपल्लो काउरे, तल्लो काउरे,तल्ला कोट,पुरुन्चौर, लामाचौर को भित्री भागहरु लगायत घार्मी सम्म पुगेको वडा सदस्यका उमेद्धार निर्मल प्रसाद बास्तोलाले जानाकारी दिए । घरदैलो कार्यक्रममा माओबादी केन्द्र  पोले १९ का वडा अध्यक्षका उमेद्धार रमेश सिके, सदस्यका उमेद्धार निर्मल प्रसाद बास्तोला,सबिन जिसि ,गंगा नेपाली र अम्भिका ढुंगाना लगायतले माओबादी केन्द्रलाइ जिताउन आग्रह गरेका थिए । घर दैलो कार्यक्रम  तथा  मोटरसाइकल ¥यालीमा एक सय  वटा मोटर साइकलहरु रहेको बास्तोलाले जानाकारी दिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!