कास्कीका तीन गाउँपालिका एमाले र एकमा काँग्रेस विजयी

Posted on: 19 May, 2017

जेठ ५, पोखरा | कास्कीका चार गाउँपालिकाको निर्वाचनमा नेकपा एमाले तीनमा अध्यक्ष तथा उपाध्यक्ष सहित र नेपाली काँग्रेस एक गाउँपालिकाको अध्यक्षमा विजयी भएको छ । 

एमालेले मादी, रुपा र माछापुछ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी भएको छ भने काँग्रेसले अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा विजयी हासिल गरेको छ, उपाध्यक्षमा एमाले नै विजयी भएको छ । 

मादी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका वेदबहादुर गुरुङले चार हजार ६३७ मत र उपाध्यक्षमा विष्णुमाया पौडेल आचार्यले चार हजार ५२३ मत ल्याई विजयी हुनुभएको छ । 

त्यस्तै रुपा गाउँपालिकाको अध्यक्षमा नवराज ओझाले चार हजार २१२ मत र उपाध्यक्षमा लालसुवा गुरुङ तीन हजार ९९५ मत ल्याई विजयी हुनुभएको छ । 

माछापुछ्रे गाउँपालिकाको अध्यक्षमा कर्णबहादुर गुरुङले पाँच हजार ८०७ मत र कृष्णकुमारी पौडेल दवाडीले पाँच हजार ४७९ मत ल्याई विजयी हुनुभएको छ । 

अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा भने काँग्रेसका युवराज कुँवर चार हजार ६७२ मत ल्याई विजयी हुनुभएको छ भने उपाध्यक्षमा एमालेका सगुन गुरुङले चार हजार ५८६ मत ल्याई विजयी हुनुभएकोछ रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!