पोखराका मेयर जीसीले कार्यभार सम्हाले लगत्तै वृद्धभत्ता बढाईदिए

Posted on: 28 May, 2017

जेठ १४, कास्की | पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जीसीले आइतबार पदभार ग्रहण गरे लगत्तै वृद्धभत्तामा हाल पाइआएको रकममा पोखरा लेखनाथ महानगरबासीमा रहेका बृद्ध/बृद्धाहरुलाई दश प्रतिशत थपेर दिने निर्णय गरेका छन् । 

महानगर प्रमुख जिसीले आफ्नो दोश्रो निर्णयमा उल्लेख गरे अनुसार यो निर्णयमा हस्ताक्षर गरेका छन् । उनले पोखरा लेखनाथ महानगरपालिकाका सेवाग्राहीलाई छिटो छरितो र झञ्झटमुक्त बनाउने पहिलो निर्णयमा हस्ताक्षर गरेर कामको शुरुवात गरे । त्यस्तै उनले तेश्रो निर्णयमा महिला हिंसाबाट प्रताडित महिलाहरुलाई निःशुल्क कानूनी परामर्श दिने निर्णय गरेका छन् ।

निर्णय पुस्तिकामा हस्ताक्षरपछि पत्रकारसँग कुरा गर्दै  उनले आफूले घोषणापत्रमा उल्लेख गरेका कुरा मंगलबारदेखि नै अक्षरशः पालना गर्ने प्रतिबद्धता समेत जनाए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!