बन्दको कारण पोखरामा आंशिक असर, ट्रकलाइ बन्दकर्ताले पेट्रोल छर्केर आगो लगाउने असफल प्रयास

Posted on: 11 Jul, 2017


असार २७, पोखरा | नेत्र विक्रम चन्द विप्लवले गरेको नेपाल बन्दको पर्यटकीय नगरी पोखरामा आंशिक असर गरेको छ ।आफ्ना नेता कार्यकर्ता पक्राउको विरोधमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको  पर्यटकीय नगरी पोखरामा पृथ्वीचोक, महेन्द्रपुल ,बगर लगायतका मुखय मुख्य चोकहरुका पसलहरु बन्द रहेका छन् भने भित्री बजार तथा बाटाहरुका पसलहरु भने खुल्न थालेका छन् ।

पोखरामा निजी सवारी साधनहरु , शैक्षिक स्रंस्था, उद्योग धन्दाहरु भने चलेका छैनन् । तर केही मोटरसाइकल, स्कुटर तथा केही भाडाका ट्याक्सीहरु भने फाट्टफुट्ट चलिरहेको जिलला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यसैबीच प्राप्त जानकारी अनुसार, पोखरा वागलुङ राजमार्ग अन्र्तगत कास्कीको अन्नपूर्ण गाउँपालिका अन्तरगत पर्ने नौडाँडा ल्याडेको फेदीमा दुई वटा ट्रकहरुलाई बन्दकर्ताले पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेको प्रहरीले जनाएको छ । ती दुवै ट्रकलाई सुरक्षाको लागि प्रहरीले आफ्नो नियन्त्रणमा लिई राखेको प्राप्त जानकारीमा जनाइएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!