प्रदेश ४ को मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बनाउने सहमति

Posted on: 11 Feb, 2018

माघ २८, पोखरा । प्रदेश ४ को मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बनाउने सहमति भएको छ । 

मुख्यमन्त्रीका लागि एमाले केन्द्रीय सचिव समेत रहेका गुरुङ र प्रदेश इन्चार्ज किरण गुरुङको दाबी थियो । तर सहमति जुटाउने प्रयासमा पोखरा पुगेका इश्वर पोख्रेल सहितको वार्ताबाट पृथ्वीसुब्बालाईनै मुख्य मन्त्री बनाउने सहमति भएको छ।

आजै एमाले संसदीय दलको बैठक बसेर गुरुङलाई प्रदेश ४ को संसदीय दलको नेता चयन गर्ने बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!