प्रदेश ४ मा संसदीय दलको नेता चयनका लागि बैठक शुरु

Posted on: 11 Feb, 2018
माघ २८, पोखरा | प्रदेश नं ४ को प्रमुख दल नेकपा (एमाले)को संसदीय दलको नेता चयन सम्बन्धमा छलफल गर्न शान्ति वनबाटिकास्थित पार्टीको जिल्ला कार्यालयमा बैठक शुरु भएको छ । 
संसदीय दलको नेताका लागि प्रदेशसभा सदस्यद्वय पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ मुख्य दावेदारका रुपमा रहनुभएकाले सर्वसम्मत गर्ने प्रयासस्वरुप बैठक गरिएको हो । बैठकमा पार्टीका प्रदेशसभा सदस्यसहित केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासी तथा प्रतिनिधिसभा सदस्य खगराज अधिकारी, रवीन्द्र अधिकारीलगायतको उपस्थिति छ । 
पार्टी केन्द्रीय निर्वाचन आयोगले संसदीय दलको नेता चयनका लागि बिहान १०:०० बजेदेखि निर्वाचन कार्यक्रम तालिका प्रकाशन गरिसकेको भए पनि सहमतिका लागि समय तालिका बढाइएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!