काँग्रेसी कार्यकर्ताले आफैँभित्रबाट प्रेरणाको खोजी गर्नुपर्ने

Posted on: 16 Feb, 2018

फागुन ४, पोखरा | नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली काँग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । 

काँग्रेस कास्कीका सभापति कृष्ण केसीको सभापतित्वमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टी पूर्वमहामन्त्री सिटौलाले संविधानको कार्यान्वयन एवं राष्ट्र एवं जनताका हितमा सरकारलाई सही बाटामा हिँडाउन काँग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो । 

उहाँले आगामी दिनमा पार्टी संगठनलाई थप क्रियाशील बनाउन प्रत्येक काँग्रेसी कार्यकर्ताले आफैँभित्रबाट प्रेरणाको खोजी गर्नुपर्नेमा जोड दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!