दोषिलाई कारबाही नगरेसम्म शव नबुझ्ने मृतकका आफन्तको भनाई

Posted on: 04 Dec, 2016


कमल सुबेदी/मङ्सिर १९, पोखरा । ट्रकको ठक्करबाट मृत्यु भएका असिम गुरुङका परिवार र आफन्तले दोषिलाई कारवाही नगरी शव नबुझ्ने बताएका छन् ।  

दोषिलाई प्रहरीले पक्रन नसकेकोमा आफन्तहरु आक्रोशित समेत बनेका छन् । माझठाना ४ बित्यानी स्थायी घर भइ हाल पोखरा १८ छिनेडाडा बस्ने १९ बर्षिय असिम गुरुङलाई आज विहान ६ बजे बुद्धचोकबाट पृथ्बीचोक तर्फ आउदै गरेको ग १ ख ४३८५ नम्बरको ट्रकले सोहि दिशाबाट आउदै गरेको ग २ प १०६६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएर ज्यान गएपछि आफन्तहरु शोकमा डुबेका छन् । 

दुर्घटनामा गम्भिर घाईते उनको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा विहान ७ बजेर १० मिनेटमा ज्यान गएको हो । दुर्घटनामा मोटरसाईकल पछाडि बस्ने रोशन गुरुङ घाइते भएका छन् । आफन्तले जानाकारी दिए अनुसार  पोखरा युनाइटेडमा कक्षा १२ मा अध्ययन गर्ने असिम कलेज आउदै थिए । 

ठक्कर दिने ट्रक र सवारी धनि लाई नियन्त्रणमा लिएपनि चालक  भने  अझै  फरार रहेको प्रहरीले जनाएको छ । यता भने मृतकका आफन्तले दोषिलाइ कारबाही हुनुपर्ने माग सहित जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेका छन् । दोषिलाइ अभिलम्व कारवाही  गरि क्षतिपुर्ति दिनुपर्ने लगाएतका माग राखेका छन् । 

शवलाइ पोष्टमार्टमको लागि पश्चिमान्चल क्षेत्रिय अस्पलातमा  राखिएपनि मृतकका  आफन्तले शव नबुझ्दा पोष्टमार्टम हुन नसकेको  प्रहरीले जानाकारी दिएको छ । खोटाङ घर भएका ट्रक चालक हेम मगरको खोजि भइरहेको प्रहरीले बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!