पोखराको ट्राइ स्टार रेष्टुरेण्टमा भीषण आगलागी

Posted on: 11 Jan, 2017

पुस २७, पोखरा । खराको बाराहीचोकमा रहेको ट्राइ स्टार रेष्टुरेण्टमा मंगलबार राति भीषण आगलागी भएको छ । 

आगलागीले रेष्टुरेण्ट पूर्णरुपमा जलेर क्षति भएको प्रत्यक्षदर्शीले जनाएका छन् । राति करिब १० बजे २५ मिनेट आगोले रेष्टुरेण्ट जलेर पूर्णरुपमा ध्वस्त भएको छ । रेष्टुरेण्टको तल्लोतलामा रहेको एक ट्राभस एजेन्सी, एटिएम काउन्टर, मनिचेन्जर जलेको छ ।

काठैकाठले निर्मित उक्त रेष्टुरेण्ट स्थानीय धमेन्द्र बाटाजूले एक वर्षअघि सञ्चालनमा ल्याएका थिए । रुफ टपसहितको उक्त रेष्टुरेन्ट पर्यटकको आकर्षणको केन्द्र थियो । मध्यरातसम्म पनि आगो नियन्त्रणमा आएको छैन । आगो नियन्त्रणका पोखरा उपमहानगरपालिका र पोखरा एयरपोर्टका तीन वटा दमकल र खानेपानी प्रयोग गरिएको थियो । आगोलागीबाट रेष्टुरेण्ट अगाडीका दुईवटा मोटर साइकल जलेका छन् भने पछाडीको होटलमा समेत क्षती पुगेको छ ।

आगो लागेको थाहा पाएपछि सुरक्षाकर्मी, स्थानीयबासी, सर्वसाधारण घटनास्थल पुगेका थिए । आगोलागी कसरी भयो भन्नेबारे थाहा हुन सकेको छैन । आगोलागीबाट करिब २ करोड बढिको क्षति भएको प्रहरीका अनुमान छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!