ट्रकको ठक्करबाट चार बर्षीय वालिकाको ज्यान गयो

Posted on: 16 Jan, 2017
माघ ३, पोखरा । पोखराको सिर्जनाचोकमा ट्रकको ठक्करबाट चार बर्षीय वालिकाको ज्यान गएको छ । 

सोमवार विहान ट्रकले ठक्कर दिदा स्कुटरमा सवार ४ बर्षीय स्मृति गुरुङको ज्यान गएको हो । पोखराको पृथ्बीचोकबाट जिरोकिलोमिटर तर्फ जादै गरेको ग ९ प ६३६२ नम्बरको स्कुटरलाई सोहि दिशा तर्फ जादै गरेको ग १ ख ३६४२ नम्बरको ट्रकले सिर्जनाचोकमा ठक्कर दिदा गम्भिर घाइते उनले उपचारको क्रममा मेट्रोसिटी अस्पतालमा ज्यान गएको हो । 

स्कुटर चालक स्याङजा आरुखर्क ३ घरभई लेखनाथ १७ बस्ने मन बहादुर गुरुङ र पछाडी बसेका सन्दिप गुरुङ घाइते छन् । 

उनीहरुको अबस्था सामान्य रहेको र मेट्रोसिटी अस्पतालमा उपचार भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय कास्की  ले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!