पत्रकार अधिकारी यातायात पत्रकारिता पुरस्कारबाट सम्मानित

Posted on: 06 Feb, 2017

माघ २४, पोखरा  

 पोखराका पत्रकार प्रभु अधिकारी यातायात पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक समितिले ४५ औं वार्षिकोत्सवको अबसर पारेर पत्रकार  अधिकारी नगद १० हजार सहित सम्मानपत्र प्रदान गरेको हो ।  पत्रकारिताको माध्यमबाट यातायात सम्बन्धि समाचार संप्रेषण गरी योगदान पुर्याएको भन्दै अधिकारीलाई सम्मान गरिएको हो । नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका कार्यवहाक अध्यक्ष डोलनाथ खनाल र पृथ्बी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐन कुमार साईले पुरस्कार राशी सहित सम्मानपत्र प्रदान गरेका थिए ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिको सिफारिसका आधारमा अधिकारीलाई सम्मान गरिएको हो । अधिकारी पोखराको पहिलो टेलिभिजन  गोल्डेन आई टेलिभिजनका संवादताता हुन् । पोखरामा रहेर पत्रकारिता मार्फत यातायात क्षेत्रमा योगदान पुर्याउने एक जनालाई हरेक बर्ष यो पुरस्कार प्रदान गरिदै आएको छ । पृथ्बी राजमार्ग बस सञ्चालक समितिद्धारा स्थापित पुरस्कारबाट यसअघि पत्रकार गोकुल बानियाँ र सुरेन्द्र पौडेल सम्मानित भैसकेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!