कास्कीको चापाकोटमा आगालागी,१०लाख बराबरको क्षति

Posted on: 09 Feb, 2017

कमल सुबेदी 

माघ २७, पोखरा

   कास्कीको चापाकोट ७ खोरपाखामा आगालागी हुदा एक घर जलेर पुर्ण रुपमा नष्ट भएको छ । आज बिहान घरमा बिद्युत सट भएर आगालगी भएको पामे प्रहरी चौकीका असइ पदम नेपालीले जानाकारी दिए । कास्की चापाकोट ७ खोरपाखामा बस्ने छबिलाल अधिकारीको घरमा आगालागी भएको उनले बताए । आगालगी बाट करिब १० लाख बराबरको क्षति भएको आफन्तले जनाएका छन् ।

आगालागी बाट घरमा रहेका भाडाकुडा,लत्ताकपडा धान समेत जलेकोले बस्नको लागि कठिन भएको पिडितले दुखेसो पोखेका छन् ।  आगालगी बाट दासु अधिकारीको ३० मुरी धान समेत जलेको अधिकारीका छोरा किरण अधिकारीले जानाकारी दिए । स्थानियको  सहयोगमा २ घन्टा पछि आगो नियन्त्रणमा आएको छ । आगालगी बाट मानबिय क्षति भने नभएको प्रहरीले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!