पत्रकार महासंघ कास्कीको अबिधेशन शुरु हुन सकेन

Posted on: 14 Feb, 2017


फागुन ३,पोखरा | नेपाल प्रेस युनियन कास्कीले  गरेको अबरोधका कारण नेपाल पत्रकार महासंघ कास्कीको अधिवेशन सुरु हुन सकेको छैन ।

आज  हुने १० औं अधिवेशन स्थगित गर्न माग गर्दै युनियनले अबरोध गरेपछि विहान ८ बजे सुरु हुने भनिएको कार्यक्रम  अझै सुरु हुन नसकेको हो । 

प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणी बरालले विज्ञप्ती निकालेर अधिवेशन स्थगित नगरे कार्यालयमा ताला लगाउने चेतावनी दिएपछि अधिबेशन अन्यौलमा परेको छ । अबरोध भएपछि कास्कीका पत्रकारहरु समक्ष उमेद्धारले खुलेर भोट समेत माग्न सकेका छैनन् । प्रेस युनियनका एक सदस्यका अनुसार कास्कीमा सदस्यता बिवाद नभएपनि केन्द्रिय कार्यक्रम अनुसार अबरोध गरेका बताए । 

देशै भरि नयाँ सदस्यको निर्णय बदर नगरेसम्म अधिवेशन सम्बन्धी कुनै पनि कार्य अघि नबड्ने बरालले बताए । सोमवार अवेरसम्म निर्वाचनको तयारी गरेको युनियनले अन्तिम समयमा आन्दोलनको घोषणा गर्दा युनियन लाई नै क्षति हुने कतिपय पत्रकारहरुले बताएका छन् ।  



यस बिषयमा तपाइको प्रतिक्रिया...!