नेपाल पत्रकार महासंघ कास्कीमा दीपेन्द्र श्रेष्ठ निर्वाचित, रमेश पौडेल २२ मत अन्तरले पराजित

Posted on: 17 Feb, 2017

फागुन ६, पोखरा | नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा दीपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

प्रेस चौतारीका श्रेष्ठले प्रेस युनियनका उमेदवार रमेश पौडेललाई २२ मत अन्तरले पराजित गरी नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

यसैगरी, उपाध्यक्षमा यदुनाथ बन्जरालाई पराजित गर्दै त्रिभुवन पौडेल विजयी भएका छन् । महिला उपाध्यक्षमा भने विमला भण्डारी निर्वाचित भएकी छिन् ।त्यस्तै नेपाल प्रेस युनियनकी बिमला भण्डारीले समावेशी महिलातर्फको उपाध्यक्ष पद जितेकी छिन् । उनले प्रेस चौतारीकी स्मिता अधिकारी र स्वतन्त्र उम्मेदवार ईश्वरी पौडेललाई पराजित गरेकी थिइन् ।

भण्डारीको निकटतम प्रतिद्वन्द्वी भने प्रेस चौतारीकी अधिकारी रहेकी थिइन् प्रेस सेन्टरका रामप्रसाद तिमिल्सिनाले नेपाल प्रेस युनियनका बासुदेव मिश्रलाई पराजित गरी सचिव पदमा बिजयी भएका छन् । त्यस्तै खुल्ला सहसचिव पदमा भने स्वतन्त्र पत्रकार संघका दिननाथ बरालले क्रान्तिकारी पत्रकार संगठनका फडिन्द्र अकिञ्चनलाई पराजित गरेका छन् । त्यस्तै समावेशी जनजातितर्फ गीता रानामगर र समावेशी महिलातर्फ उमा आलेमगर  बिजयी भएका छन् ।

नेपाल पत्रकार महासंघ कास्कीको कार्यसमिति सदस्य पदमा सुरेन्द्र पौडेल, रञ्जन अधिकारी क्षेत्री, एकराज गिरी, कृष्ण दवाडी मनोज घर्तीमगर, कमल पौडेल अथक, प्रकाश ढकाल र सुरज श्रेष्ठ बिजयी भएका छन्  । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!