चिप्लेढुंगा मिनीमार्केट ब्यवसायी समितिद्धारा जनप्रतिनिधिलाइ सम्मान

Posted on: 21 Jun, 2017

कमल सुबेदी 

असार ७, पोखरा |पोखराको चिप्लेढुंगाामा रहेको चिप्लेढुंगा मिनीमार्केट ब्यवसायी समितिले आज एक कार्यक्रम आयोजना गरि नब निर्वाचित जनप्रतिनिधीहरुलाइ स्वागत गरेको छ ।

पोलेमनपा ९ र २० का वडा अध्यक्ष सहितको टोलीलाई समितिले  आज बधाइ तथा सम्मान  गरेको  हो । सम्मान कार्यक्रममा बोल्दै पोलेमनपा २० का वडा अध्यक्ष सिम गुरुङ्गले जनताको काम गर्नको लागि आफु कुनै कसर नराख्ने प्रतिबद्धता ब्यक्त  गरे । सिंहदरबारको अधिकार गाउमा आएको बताउदै गुरुङ्गले गाउको बिकाश गर्न सबै मिलेर अगाडी बढ्नुपर्ने बताए ।


त्यस्तै पोलेमनपा ९ का अध्यक्ष राम राज लामिछानेले पोलेमनपा ९को बिकाश नै जनताको जित भएको बताए । १९ बर्ष पछि स्थानिय तहको चुनाव भएकोले अब आर्थिक क्रान्तिमा जोड दिनुपर्ने बताए । चिप्लेढुंगा मिनीमार्केट ब्यवसायी समितिका अध्यक्ष उमराज बास्तोलाले ब्यबसायीको हितको  लागि बन्द हड्ताल गर्नेलाइ कुनै पनि पार्टी सहयोग गर्न नहुने बताए ।  आजको युग ब्यबसायीक युग भएको बताउदै बास्तोलाले ब्यबसायीले तिरेको कर बाट राज्य संचालनमा महत्वपुर्ण भुमिका खेलेको बताए । चिप्लेढुंगा मिनीमार्केट ब्यवसायी समितिका सचिब इन्द्र  बहादुर कार्की ले ब्यसायिक हितको लागि समिति हरपल लाग्ने बताए । चिप्लेढुंगा मिनीमार्केट ब्यवसायी समितिका अध्यक्ष उमराज बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा वडा न ९ का सदस्य राममाया मानन्धर वडा सचिब लोक दर्शन कोइराला , चिप्लेढुंगा मिनीमार्केट का जज्गा धनि बलराम बास्तोला, बलराम ढुंगाना लगाएतकाले नवनिर्वाति जनप्रतिनिधिलाइ शुभकामना दिएका थिए ।कार्यक्रको संचालन समितिका सचिब इन्द्र  बहादुर कार्कीले गरेका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!