पोखराको अमरसिंहचोकको आइल्याण्ड पनि भत्काइयो

Posted on: 17 Oct, 2017

पोखरा ३०, असोज | पोखराका विभिन्न चोकमा रहेका आइल्याण्डको कारण ट्राफिक ब्यवस्थापनमा जटिलता थपिदै गएपछि एक पछि अर्को गर्दै आइल्याण्ड भत्काउन थालिएको छ ।

पोखराको मूख्य पृथ्बीचोक स्थित आइल्याण्ड भत्काएको केहि दिनमै अर्को चोक अमरसिंहमा रहेको आइल्याण्ड भत्काइएको छ । सोमबार साँझ अमरसिंहचोकको आइल्याण्ड भत्काइएको हो । पृथ्बीचोकको आइल्याण्ड भत्काएपछिको विवाद उच्च अदालतसम्म पुगेपछि अदालतले कारण देखाउ आदेश जारी गरेको थियो ।यसअघि पोखराकै जिरो  किलोमिटरमा रहेको आइल्याण्ड भत्काइएको थियो । पोखराका अन्य चोकमा रहेको आइल्याण्ड पनि भत्काउने र चोकमा राखिएका विभिन्न ब्यक्तिका शालिकलाई पार्कमा लगेर ब्यवस्थापन गर्ने योजनामा पोखरा लेखनाथ महानगरले बनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!