पोखरामा फेरी देखियो फुटपाथ समस्या फोटो सहित

Posted on: 17 Oct, 2017


कमल सुबेदी  | असोज ३१,  पोखरा  | पोखरा लेखनाथ महानगरपालीकामा फेरी फुटपाथ  समस्या देखिएको छ । नेपालीहरुको दोस्रो ठुलो चाड तिहार  नजिकिएसंगै पोखरामा फुटपाथ ब्यसायीहरु सडकमा आएका छन् ।  फुटपाथ समस्याले गर्दा पैदल यात्रीहरु मारमा परेका छन् ।  सर्बसाधरण हिड्ने सडक पेटीमा ब्यापार भएपछि  सडक बाट  हिड्नु परेको पोखरा ८ मा बस्ने अनिल खड्काले गुनासो गरे ।



सामान किन्न चिप्लेढुंगा आएका  उनी फुटपाथमा भएको ब्यापारका कारण ५ मिनेटमा पुगिने महेन्द्रपुल पुग्न उनलाइ २५ मिनेट लागेको बताए । फुटपाथ ब्यापारीका कारण स्थानीय सटर ब्यबसायीहरु पनि आक्रोसीत भएका छन् । केहि सटर ब्यबसायीहरु भने फुटपाथ सम्म सामान राखेर ब्यापार गरिरहेका छन् । यस बिषयमा कुरा गर्दा  पोखरा लेखनाथ महानगरपालीकाका मेयर मानबहादुर जिसीले कर्मचारी अभावका कारण फुटपाथ व्यवसायीहरलाइ व्यवस्थापन गर्न नसकेको बताए । जिसीले फुटपाथलाइ सहज गर्न महानगरपालीकाले काम गरीरहेको जानकारी दिए तर  चिप्लेढुंगाका सटर  ब्यापारी भने त्यो कुरा मान्न तयार छैनन ।

ब्यापारीले महानगरको गाडी बेला बेला मा घुम्न आए जसरी आउछ, तर फुटपाथ ब्यापारीलाइ केहि नगरेको ब्यापारीहरु बताउछन् । यता भने फुटपाथ हटाउदा संयोजक भएका पोखरा उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष संजिब बहादुर कोइरालाले राजस्व नतिरि ब्यापार गर्ने काम गैह्र कानुनी भएकोले कारबाही गर्नुपर्ने बताए । फुटपाथ हटाउने दायित्व महानगरको भएकोले  यो या त्यो बाहानामा कारबाही नहुनु दुखद हो उनले भने । पैदलयात्रीको अधिकार खोस्ने कसैलाइ अधिकार नभएकोले महानगरले तत्काल  फुटपाथ ब्यापारीलाइ कारबाही गनुपर्ने बताए  ।  पोखरामा २०६९ सालमा फुटपाथ हटेको थियो । 




यस बिषयमा तपाइको प्रतिक्रिया...!