पोखरामा देउसी-भैलो खेलेको रकमबाट बाढी पीडितलाई न्यानो कपडा वितरण

Posted on: 18 Nov, 2017

मङ्सिर १, पोखरा । बाढी पहिरोले क्षती पुरयाएको माछापुछ्रे गाउँपालिका वडानम्बर ५ रिबान हुम्दी डाँडागाउँ, पाथेबस्ती, खरेखोलाका पिडितहरुलाई निर्देशक तथा कलाकारहरुको समूहले देउसी-भैलोबाट रकम संकलन गरि न्यानो कपडा वितरण गरेको छ । 

हालसम्म बस्ने बास, न्यानो कपडा र ओढने नभएको बेला पुजा फिल्म्स्, र डिजिटल चौतारी मिडिया प्रा.लि.का निर्देशक साथै हाँस्य-टेलिसिरियल पुर्पुरोका निर्देशक कुशलभ के.सी. र सो कम्पनीका सह-निर्देशक शिशिर अधिकारी र सम्पुर्ण कलाकार टिमबाट एकलाख बराबरको न्यानो कपडा वितरण गरेको हो ।


“कलाकारहरुले देउसी- भैलो गरेर बाढी पहिरो पीडितलाई सहयोग गर्ने भने पनी देउसी भैलो कार्यक्रम गर्दा धेरैजसो मान्छेले सहयोग नगरेको, आफ्नै टिमले पनि पारिश्रमिक माग्ने र बिचैमा छोड्ने गरेको” निर्देशक कुशलभ के.सि.ले बताउनुभयो । 

“साथीहरूको असहयोगकै कारण रात दिन खट्दा पनि भने जस्तो रकम न उठदा आफुले नै खटेर केहि रकम उठाएको र उठेको रकममा आफुहरुबाट उठाएर जाडोको लागी पीडितहरुलाई सहयोग स्वरूप ज्याकेट, ब्ल्याङ्केट र विभिन्न प्रकारको कपडा बाँडेर आफुले चालेको अभियान सफल बनाएको कुरा सह-निर्देशक शिशिर अधिकारीले व्यक्त गर्नुभयो ।

यस पवित्र कार्यमा सुरुदेखि अन्त्य सम्म साथ दिने व्यक्तिहरु शिशिर अधिकारी, दिपक थापा, धनु मगर, लक्षुमण ढुङ्गाना, क्षेत्र बहादुर नेपाली, मिन पुन, अस्मिता थापा, सिर्जना भुजेल्, दिप्सन र अन्य सम्पुर्णलाई निर्देशक कुशलभ के.सी. र शिशिर अधिकारीले धन्यवाद व्यक्त गर्नुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!