सांसद र ब्यवसायी धम्काउने ४ जना सार्वजनिक

Posted on: 01 Feb, 2018

माघ १८, पोखरा । सांसद र ब्यवसायी धम्काएर फिरौती असुली गर्ने ४ जनालाई कास्की प्रहरीले विहिबार सार्वजनिक गरेको छ । मुख्य योजनाकार नलबहादुर गुरुङ (शंकर) सहित अन्य तीनजनालाई कास्की प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । घर जग्गा व्यापारी कालु गुरुङ, कास्की क्षेत्र नम्बर २ ख का सांसद तथा व्यासायी विन्दुकुमार थापा र बोधराज गिरी सगँ ठुलो रकम माग गरी नदिए ज्यान मार्ने धम्की दिने ४ जना पक्राउ गरि सार्वजनीक गरेको हो । प्रहरीले मुख्य योजनाकार स्याङजा टक्सारका नरबहादुर गुरुङ भन्ने शंकर सहित अन्य ३ जनालाई सार्वजनीक गरेका हुन् । उनीहरुलाई अपहरण तथा शरिर बन्धक उद्योग मुद्धामा बुधबार नै जिल्ला अदालतबाट ५ दिनका लागि म्याद थप गरी अनुसन्धान थालिएको कास्कीका प्रहरी प्रमुख अशोक सिंहले बताए । पक्राउ पर्नेमा स्याङजा फेदी खोला घर भई हाल पोखरा ६ जरेवर बस्ने २६ वर्षिय अमृत खड्का, सोही ठाउँका २३ बर्षिय शिब कार्की र पर्वत कुस्मा १० घर भई पोखरा ६ जरेवर बस्ने २७ बर्षिय रामु सुबेदी पक्राउ गरेको हो । 


थापाले ज्यानको सुरक्षा माग गर्दै १ महिना अघि नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । बोधराज गिरीले पनि उजुरी दिएका छन् । ‘पुस १५ देखि निरन्तर धम्की आईरहेको थियो । दिनमा ५ पटकसम्म फोन आउने गरेको थापाले बताए ।  उनका अनुसार मनोज पुनको नाम लिएर तिनीहरुले फोन गरेका थिए । ‘मनोज पुनको मान्छे हुँ भन्दै बुटवलको घटना दोहोरिएला भनेर धम्क्याउँथे । कहिले नेपालबाट कहिले भारतबाट फोन आईरहन्थ्यो । अरु घटनामा संलग्न भए नभएको पनि अनुसन्धान भैरहेको कास्की प्रहरी प्रमुख अशोक सिंहले बताए । फरार मनोज पुनको नाम लिएर उनीहरुले फिरौती मागेको  अनुसन्धानको क्रममा खुलेको छ ।उनीहरुले कालु गुरुङ सगँ १० करोड रुपैया, विन्दुकुमार थापा सगँ २ करोड रुपैया रकम माग गरेका थिए ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!