तालमा बेपत्ता ६ जना अझै भेटिएनन्, बाच्ने भन्छिन् 'छोराहरु हातबाट फुस्कीए म बाँचे'

Posted on: 09 Sep, 2018

प्रेम सुनार | भदौ २४, बुटवल | पोखराको बेगनास तालमा हिजो दिउँसो करिव १२ बजेको समयमा डुङ्गा डुबेर पेपत्ता भएका ६ जना अझै फेला पर्न  सकेका छैनन । हिजो डुबेर दुई जनाको मृत्यु भएको थियो भने दुई जना पौडिएर बाँच्न सफल भएका थिए । 

आज बिहान जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता रविन्द्रमान गुरुङ्ग संग सम्पर्क राख्दा उनले भने आज रातैभर हामी सुत्न पाएका छैनौं , बेपक्ता  ६ जना अझै फेला परेका छैनन, अब केहि बेर पछि रेस्क्यु गरिदैछ । दर खानका लागि १० जना डुङ्गा चढेर पारी जाने क्रममा ढुङ्गा भित्र पानीको वहाव बढे पछि पल्टीएको थियो । १० जना बेगनास तालको लिब्दी टुडँमा १० जना सबार डुंगा पल्टिदाँ २ जना महिलाको मृत्यु भएको छ भने ६ जना बेपत्ता छन् । २ जनाको उद्धार भएको छ।

उद्दारपछि  अस्पताल पुर्‍याईएकी तनहुँ जिल्लाकी ३२ वर्षिय जमुना कडेँल र नवलपरासी घर बताईएकी  ५१ वर्षिया कृष्णकुमारी कडेँलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

वर्ष ५ का  प्राचीन पौडेल, बर्ष  ६ का  शंकर खनाल, बर्ष ८ का  शिव खनाल र  बर्ष ३२ का  रवी खनाल तालमा बेपत्ता भएको प्रहरी प्रबक्त गुरुङ्गले जानकारी दिए । 

रबी खनाल नेपाली सेनाका जवान हुन । तालबाट २८ वर्षिय सपना खनाल र निशा पौडेललाई स्थानीयले उद्दार गरेका थिए । डुंगामा एक्लै गएका कमलराज कँडेल तालमा आफन्त डुबेको देखेपछि बचाउन गएका थिए । तर, उनलाई पनि स्थानीयले उद्धार गरे । उनी अहिले बेहोस अवस्थामा छन् ।

छोराहरु हातबाट फुस्कीए म पौडिएर बाँचे

पौडिएर बाँच्ने मध्यकी सपना खनाल भन्छिन 'डुङ्गामा पानी भरिएपछि डुब्न थालेको थियो । मेरा दुई छोराहरुलाई समातेकी थिएँ उनिहरु डुबे । म पौडिएर बाँच्न सफल भएकी हुँ ।  उनले भक्कानिदै भनिन–‘केही बेर दुबै छोरालाई समातेर बसेकी थिए,’ ‘लामो समयसम्म उद्धारमा कोही नआए पछि उनीहरू हातबाट फुस्किएका थिए ।' 

बाँच्न सफल अर्का कमल कडेँलले आफन्त चढेको डुंगा नजिकै पुग्दा बच्चा खसेको देखेका थिए । त्यसपछि आमा अत्तालिदैं तालमा हामफाल्दा सन्तुलन विग्रिएर डुंगा पल्टिएको देखेपछि उनि  डुंगामै बेहोस भई तालमा खसेका थिए । उनलाई पनि समयमै उद्दार गरिएको थियो ।

बेगनास तालको डुंगा घाटबाट घटनास्थल पुग्न डुंगामा झण्डै आधा घण्टा लाग्छ । वेपत्ता भएकाहरूको उद्दारको लागि तीन वटै सुरक्षा निकाय सक्रिय रहेका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!