बेगनास तालमा बेपत्ता ६ जनाको शव भेटियो, यस्तो छ घटनाको कारण

Posted on: 09 Sep, 2018

भदौ २४, पोखरा | बेगनास तालमा शनिबार डुंगा दुर्घटना हुँदा डुबेर बेपत्ता भएका ६ जनाको शव आज भेटिएको छ । 

बेगनास ताल तरेर कमलनाथ कँडेलको घरमा तीजको दर खान गएका आफन्तहरु चढेको डुंगा डुबेको थियो । आज विहान तालमा बेपत्ता भएका ५ वर्षीय प्राचीन पौडेल, १७ वर्षीया मनिशा बजगाईं, ८ वर्षीय शिव खनाल, ७ वर्षीय शंकर खनाल र ४ वर्षीय रञ्जित गैरको शव भेटिएको हो । 

यस संगै ८ जनाको मृत्यु भएको र दुर्घटनामा बेपत्ता सबैको शव भेटिएको कास्की प्रहरी प्रवक्ता डीएसपी रवीन्द्रमान गुरुङले जानकारी दिएका छन् ।

डुंगामा सवार कसैले पनि लाइफ ज्याकेट नलगाएको कारण दु:खद घटना भएको बताइएको छ । बेगनास तालमा व्यवसाय गर्नेहरु मार्फत डुंगा चड्दा यात्रुले अनिवार्य लाइफ ज्याकेट लगाउनुपर्ने नियम छ । तर आइतबारको घटनामा घरायासी प्रयोगमा रहेको डुंगामा सवार गरेकाले पनि लाइफ ज्याकेट नलगाउँदा दु:खद् घटना घटेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!