७० वर्षीय वृद्धा बलात्कारको आरोपमा ४५ वर्षीय पाण्डे पक्राउ

Posted on: 13 Sep, 2018

भदौ २८, पोखरा | पोखरामा ७० वर्षीय वृद्धा बलात्कार गरेको आरोपमा बिहिबार एक जना पक्राउ परेका छन्। वृद्धालाई बलात्कार गरेको किटानी जाहेरी गरेपछि ४५ वर्षीय रेवतीरमण पाण्डे पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। 

पाण्डेले बुधबार दिउँसो रक्सीको नसामा वृद्धालाई बलात्कार गरेको प्रहरीको भनाइ छ। वृद्धालाई घरकै कोठामा बलात्कार गरेको स्थानीयले बताएका छन्। पाण्डे तनहुँको खैरेनीबाट पक्राउ परेका हुन्।

बुधबार दिउँसो रक्सीको नसामा वृद्धा बलात्कार गरेको परिवार स्रोतको जाहेरीमा उल्लेख छ। बलात्कार भएको हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!