राष्टिय फलफुल तथा तरकारी थोक ब्यबसायी संघमा निर्मल बास्तोला निर्बाचित

Posted on: 16 Sep, 2018

कमल सुबेदी | भाद्र ३१ ,पोखरा |राष्ट्रिय फलफुल तथा तरकारी थोक ब्यबसायी संघ कास्कीको अध्यक्षमा  निर्मल प्रसाद बास्तोला  निर्वाचित भएका छन् । संघ को ८ औ अबिधेशनले आगामी २ बर्षका  लागि बास्तोलाको अध्यक्षतामा ९ सदस्यीय कार्य समिती निर्बाचित भएका हुन । जसको उपाध्यक्षमा राधिका थापा ,सचिबमा सरास्वति श्रेष्ठ (सरु) कोषाध्यक्षमा राम प्रसाद  लामिछाने निर्वाचित भएका छन भने  सह सचिबमा निर्बिरोध कृष्ण प्रसाद धोबी निर्बाचित भए । सदस्य हरुमा निरोज मैनाली ,दुर्गा प्रसाद कडेल ,लाल प्रसाद ढकाल र सोति लाल साह निर्बाचित भएका छन् । अध्यक्ष बास्तोलाको ८० मत आयो भने निकटतम प्रतिद्धन्दी  राजेन्द्र बहादुर खत्रीले ५५ मत ल्याए ।


उपाध्यक्षमा तिन जनाको उमेद्धारी परेको थियो   जस मध्य राधिका थापाको ६८ मत, दुर्गा प्रसाद श्रेष्ठको ४८ मत, अक्कल बहादुर सिकेको ९ मत आयो । सचिवमा सरस्वती श्रेष्ठ  (सरु) को  सर्बाधिक ८९ मत ल्याइन भने उनका निकटतम प्रतिद्धन्दी गोर्कण अधिकारीले जम्मा  ४१ मत ल्याउन सफल भए  । कोषाध्यक्षमा राम प्रसाद लामीछानेको ८० मत आयो भने उनका प्रतिद्धन्दी शम्भु अधिकारीले  ५४ मत  ल्याए । सदस्यमा निरोज मैनालीको ७५मत ,केशब बहादुर पुलामीको ४६ मत ,दिपक श्रेष्ठको ४४ मत ,दुर्गा प्रसाद कडेलको ७६मत , लाल प्रसाद ढकालको ५४ मत ,खेमराज ढकालको ३२ मत ,मान ब. मगरको २८अम्बिका सापकोटाको ५२ मत ,सोति लाल शाहको ६४ आएको निर्बाचन कमिटिका सदस्य बिष्णु बास्तोलाले जानाकारी दिए ।  


 


 




यस बिषयमा तपाइको प्रतिक्रिया...!