पोखरामा एक बालिका शंकास्पद अवस्थामा मृत फेला

Posted on: 25 Sep, 2018

असोज ९, कास्की । पोखरा महानगरपालिका वडा नम्बर २२ पुम्दीभुम्दीमा बालिका मृत अवस्थामा भेटिएकी छन् । सोमबार अपरान्ह साढे ५ बजेबाट सम्पर्कविहीन भएकी १० वर्षीया बालिका श्रीया विक मंगलबार बिहान मृत भेटिएकी हुन् ।

विद्यालयबाट फर्किने क्रममा उनी सम्पर्कविहीन भएकी थिइन् । उनको शव घर नजिकै शंकास्पद अवस्थामा भेटिएको र घटनाबारे थप भइरहेको जिल्ला प्रहरी कार्यालय  कास्कीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!